शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१६ दिनमा कोरोना जिते २१ वर्षीय युवकले

१६ दिनमा कोरोना जिते २१ वर्षीय युवकले


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०७७, आइतबार

धनगढी, ७ बैशाख – कैलालीको लम्कीका २१ वर्षीय युवकले कोरोना भाइरस (कोभिड–१९)लाई जितेर डिस्चार्ज भएका छन्। १६ दिनअघि सेती प्रादेशीक अस्पताल भर्ना भएका युवक आइतबार डिस्चार्ज भएका हुन्। उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई, लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज भएका हुन्।
उनको दुई वटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार सेती प्रादेशीक अस्पतालले डिस्चार्ज गरेको हो। कोरोना निको भएर घर फर्किएका २१ वर्षीय युवकलाई  सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले  पुष्प गुच्छा दिँदै घर पठाएका छन्। सेती प्रादेशीक अस्पतालमा पाँच कारोना संक्रमितको उपचार भइरहेको थियो। अब सेतीमा चारजना विरामी उपचाररत छन्। शनिबार मात्र बागलुङको धौलागिरी अस्पतालमा १७ दिनदेखि उपचार गराइरहेकी ६५ वर्षीय महिला र काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी युवतीको डिस्चार्ज भएको थियो। यसअघि गत माघमै एक युवक कोरोनालाई जितेर डिस्चार्ज भएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ३० जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये चारजना उपचारपछि डिस्चार्ज भएका छन्। अन्य २७ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->