शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा भेटियो लोपोन्मुख चरी बाघको डमरु

स्याङ्जामा भेटियो लोपोन्मुख चरी बाघको डमरु


  • हिमलाल पराजुली
  • बैशाख १० २०७७, बुधबार

स्याङ्जा, १० वैशाख– स्याङ्जाको वालिङमा लोपोन्मुख चरी बाघको डमरु भेटिएको छ । लोपोन्मुख संरक्षित वन्यजन्तुको रुपमा रहेको चरी बाघको डमरुलाई वालिङ नगरपालिका–१ मा बालबालिकाले खेल्ने क्रममा फेला पारेका थिए ।
लकडाउनको समयमा फुर्सदमा रहेका बालबालिकाले जंगलमा खेल्ने क्रममा बिरालोको बच्चाजस्तै मानेर घर लगेका थिए । घरमा लगेर पालेको केही दिनपछि सो बच्चाले बिरालो नभई बाघको जस्तो व्यवहार देखाउन थालेपछि स्थानीयले गण्डकी प्रदेशसभा सदस्य एवं विधायन सभा समितिका सभापति मोहनप्रसाद रेग्मीलाई सम्पर्क गरेर वन कार्यालयमा बुझिदिन आग्रह गरेका थिए । रेग्मीले डिभिजन वन कार्यालय स्याङ्जामा सो कुराको जानकारी गराएपछि जंगलबाट बिरालो भनेर ल्याएर पालेको चरी बाघको डमरु भएको वन कार्यालयले पुष्टि गरेको हो ।
डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले बिरो प्रजातिको चरी बाघको डमरुलाई वन कार्यालयको संरक्षणमा राखिएको जानकारी दिए । काफ्लेले भने ६ दिन पहिले स्थानीय बालबालिकाले जंगलमा खेल्ने क्रममा बिरोलोको बच्चा भनेर घरमा ल्याएर पालेको बिरालोको बच्चा जस्तो देखिने चरी बाघ भएकोले कार्यालयमा राखिएको बताए । प्रमुख काफ्लेले भने– ‘अहिले सानो छ, सानोमै जंगलमा छाड्दा अन्य जनावरले आक्रमण गर्ने डर भएकोले ठुलो भएपछि सम्बन्धित ठाउँमा लगेर छाड्छौ ।’ डिभिजन वन कार्यालयले कास्की भिजन बन कार्यालयसंग समन्वय गरेर पचभैवामा रहेको जनावर उद्वार केन्द्रमा छाड्ने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->