शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वालिङ बहुमुखी क्याम्पसले अनलाइनबाटै अध्यापन गराउने

वालिङ बहुमुखी क्याम्पसले अनलाइनबाटै अध्यापन गराउने

पहिलो चरणमा स्नातकोत्तर तहको पढाई सञ्चालन गरिने


  • हिमलाल पराजुली
  • बैशाख ११ २०७७, बिहिबार

स्याङ्जा, ११ बैशाख– वालिङ बहुमुखी क्याम्पसले अनलाइनबाटै पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का लकडाउनले गर्दा लामो समयसम्म क्याम्पस बन्द हुँदा विद्यार्थी प्रभावित भएको भन्दै सूचना प्रविधिको प्रयोग गरेर लकडाउनको अवधिभर अनलाइन कक्षा सञ्चालन गर्ने क्याम्पसले जनाएको छ ।
पहिलो चरणमा तत्कालका लागि स्नातकोत्तर तहको पढाई सञ्चालन गर्ने निर्णय भएको क्याम्पस प्रमुख सच्चिदानन्द यादवले जानकारी दिए । यादवले भने– ‘विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनले क्याम्पस लामो समयसम्म बन्द गर्नुपर्दा विद्यार्थीको पढाई प्रभावित भएको र लकडाउन कहिलेसम्म जाने भन्ने टुंगो नभएकाले अनलाइनबाटै भएपनि पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको हो ।’
शैक्षिक क्रियाकलापलाई निरन्तरता दिनको लागि प्राध्यापकहरुलाई अनलाइनबाट शिक्षण गर्नको लागि विषयगत रुटिङ तयार पार्न भनिएको क्याम्पसका क्युएए फोकलपर्सन एवं नेपाली विभाग प्रमुख प्राध्यापक राजेन्द्र डुम्रेले जानकारी दिए । स्नातकोत्तर तहसम्म पढाई हुने गण्डकी प्रदेशकै अग्रणी यो क्याम्पसमा करिब १५ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । जिल्लाकै मध्यभागमा रहेको यस क्याम्पसमा स्याङ्जाका साथैै छिमेकी जिल्ला पर्वत, पाल्पा र गुल्मीबाट समेत अध्ययनको लागि विद्यार्थीहरु आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->