शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना जित्दैछन् ६० कटेकाहरु…

कोरोना जित्दैछन् ६० कटेकाहरु…

एकै दिन तीन जना घर फर्किए


  • ढोरपाटन संबाददाता
  • बैशाख ११ २०७७, बिहिबार

बागलुङ, ११ बैशाख– यू्रोप र अमेरिकामा कोरोना भाईरसका कारण सबैभन्दा धेरै प्रभावित भएको उमेर समुह ६० बर्षभन्दा माथिको छ । यूरोप अमेरीकामा ज्यान गुमाउने ६० बर्ष माथिका धेरै छन् । उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकाले मृत्यु भएको तर्क गरिएको छ । तर नेपालमा भने ६० कटेकाहरुले कोरोना जितेर उर्जा थपिरहेका छन् । नेपालमा कोरोनाको संक्रमण जित्ने ६० बर्ष माथीको उमेर समुहकी पहिलो पात्र बनिन् बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल । उनी गत शनिवार निको भएर घर फर्किएकी थिईन् । बेल्जियमबाट कतार हुँदै नेपाल आउँदा कोरोनाको संक्रमणमा परेकी उनको चैत २० गते संक्रमणको पुष्टि भएको थियो ।
उनीसँगै नेपालमा कोरोना संक्रमित ६० वर्षमाथिका तीनजना वृद्धाले कोरोनालाई जित्न सफल भएका छन् छन् । बिहीबार मात्रै काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने ८१ वर्षीया वृद्धाले कोरोनालाई जितेर घर फर्किएकी छन् । पाटन अस्पतालको आइसोलेसनमा उपचाररत उनी आफ्ना ५२ वर्षीय छोरोसँगै कोरोनालाई जितेर घर फर्किएकी हुन् । चैत ४ गते बेलायतको लण्डनबाट आएकी उनी, छोरा र बुहारीमा ¥यापिड टेस्टमा कोरोना देखिएको थियो ।

उता सुदूरपश्चिमकी कोरोना संक्रमित वृद्धा पनि कोरोनालाई जितेर घर फर्किएकी छन्। कैलालीको लम्की चुहा नगरपालिका–१ कि ६५ वर्षीय वृद्धा बिहीबार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनको पनि लगातार दुई पटक रिपोर्ट ‘नेगेटिभ’ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । उनी वीरगञ्जबाट आएर १२ दिन क्वारेन्टाइनमा बसेकी थिइन् भने चैत २२ गते कोरोना पुष्टि भएको थियो । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको ¥यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । सनसिटी अपार्टमेन्टका कोरोना संक्रमित दुवैजना निको भए योसँगै कोरोना निको भएर घर फिर्नेको संख्या १० पुगेको छ । अब देशका विभिन्न अस्पतालमा ३७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन् । धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुष, लम्कीका २१ वर्षीय युवक र कञ्चनपुर बेदकोटका ४१ वर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन् । अब धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीय महिला मात्रै सेती अस्पतालको आइसोलेसनमा उपचाररत छिन् । नेपालमा सबैभन्दा धेरै २८ जना कोरोना संक्रमित उदयपुरमा भेटिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->