शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भोजपुरमा पनि भेटिए कोरोना संक्रमित

भोजपुरमा पनि भेटिए कोरोना संक्रमित

२६ बर्षिया युवामा कोरोना संक्रमण रहेको पुष्टि


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७७, बिहिबार

भोजपुर, ११ बैशाख– बिहिबार भोजपुरमा पनि एक जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकारले बताएको छ । उनको थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति फागुन ३० गते मा बेलायतबाट नेपाल आएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् । बिहीबारनै स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->