म्याग्दी १४ बैशाख– करिब तीन दशकअघि गाउँको स्वरुप नै भिन्नै थियो । अपरिचित मानिस वा पशु चौपायाबाट सुरक्षित रहन मानिसहरुले खेतबारीको साँध र घरको आँगन नजिकै दुईतीर छेडिएका (प्वाल पारेका) खाँवा गाडेर बीचबीचमा बाँस वा काठका गरला राखि छेकबार लगाउने गर्दथे ।
समय फेरियो । संगसंगै नयाँ प्रविधि र साधनहरु मात्रै होइन मानिसको सोंच र तौरतरिकामा पनि ठूलै परिवर्तन आयो ।
रैथाने सीप, प्रविधि र सुरक्षा विधि विस्थापित हुँदै गए । हुँदाहुँदै लोप हुने अवस्थामा पुगे । सूचना प्रविधि र विकासका पूर्वाधारले गाउँलाई मौलिक स्वरुपमा नराखी आधुनिक स्वरुपमा विकसित गर्न थालियो ।
मानिस जति–जति शिक्षित, चेतनशील, सभ्य र आधुनिक बन्दै गयो, उति–उति प्रकृतिमाथिको अतिक्रमण गर्ने क्रम बढ्दै गयो । महान दार्शनिक रुसोले उतिबेलै मानिसहरुलाई ‘प्रकृतितर्फ फर्क’ भनेर चेताएका थिए । तर, मानिसले प्रकृतिभन्दा विज्ञानका आविष्कारहरुलाई महत्व दिन थाल्यो । दम्भ र अभियान चुलिदै गयो । अन्ततः मानिस जितेको अभिनय गर्दागर्दै हार्न बाध्य भयो र अहिलेको अवस्था आयो ।
गत नोभेम्वरको अन्त्यतिर चिनको हुवान प्रान्तमा देखिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्वनै आक्रान्त बनेको छ । संसारभरी महामारीको रुप लिएको कोरोनाले मानिसलाई धेरै कुरा सोच्न बाध्य बनाएको विभिन्न क्षेत्रका व्यक्तिहरुको भनाई छ । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ६० वर्षिय पदमपाणी शर्मा भन्छन्– ‘कोरोनाले पूर्वीय दर्शन र आध्यात्मिक भावलाई विश्वभरी चिनाएको छ ।’ शर्माको तर्क छ ‘हात धुने, नमस्कार गर्ने, एकान्तमा बसेर चिन्तन मनन गर्ने, छाडा होइन अनुशासित बन्ने, शाकाहारी भोजन गर्ने यी कुराहरु अहिले विश्वले थाहा पाएको छ । तर हाम्रा लागि यी कुराहरु सनातन नै हुन् । उहिल्यैदेखि गरिदै र अपनाइदै आइएका कुराहरु हुन् । मात्र हामीले हाम्रा यस्ता अमूल्य र वैज्ञानिक मान्यताहरुलाई बिर्सिएका रहेछौं कोरोनाले सम्झाइदिएको हो ।’
‘समयले मानिसलाई अब गाउँतिर फर्कन बाध्य बनाएको छ । गाउँका तगाँलो र आँखी भm्याललाई सम्झाइदिएको छ, माटोको महक कस्तो हुन्छ भन्ने बुझ्दै छन् शहरमा आना र धुरमा धर्तिलाई चिराचिरा पार्नेहरुले’ शर्माले भने ।
शर्माको भनाइसंग ७० बसन्त पार गरिसकेका भविन्द्र विक्रम शाह पनि सहमत छन् । शाह भन्छन्– ‘वल्लो गाउँको मानिस पल्लो गाउँमा आउँछ की भनि बाटो र पुलहरुमा बार लगाइएको छ । पहिला–पहिला बालीमा पशु पस्छ कि भनेर तगालो हालिन्थ्यो, अहिले ग्याविन जाली, रुख, जस्तापाताले पशुलाई हैन मानिसलाई नै छेकवार लगाएको छ ।’
‘घरभित्र बसेर बाहिर आएका मानिससंग बोल्न र भेट्नसमेत डर मान्नु परेको छ । बाहिरबाट कसैले बोलायो भनेपनि ढोका खोल्न डर मान्छन् अचेल मानिसहरु । पहिला पहिला पो आँखीभm्याल हुन्थे र भित्रैबाट हेर्न पाइन्थ्यो’ शाहले भने ‘कोरोनाले तँगालो र आँखीझ्याललाई पनि सम्झाइदिएको छ ।’
‘अहिले बाटोमा बार लगाएर मानिसहरुलाई रोकथुन गरेका खबरहरु स्थानीयदेखि राष्ट्रिय संचारमाध्यमहरुमा पनि पढ्दा, सुन्दा र हेर्दा उहिलेको जमानाको याद आयो’ मंगला गाउँपालिको रणबाङका हरिकृष्ण पौडेलले भने ‘हाम्रा पुर्खाहरु कति दूरद्रष्टा र सीपालु रहेछन् भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन पनि कोरोना महामारी सफल भएको छ ।’
‘घरको झ्याल ढोका नै नखोलीकन बाहिर को आएको छ, भन्ने बुझ्न सजिलो होस् भनेर नै आँखी भm्यालहरु बनाइएको हुनुपर्छ’ वातावरण र संस्कृतिका अध्येता सुशन सापकोटाले भने ‘अक्सिजन र प्रकाश दुवै ठिक्क मात्रामा भित्रिने गरी निर्माण गरिएका आँखीझ्याल वास्तुकलाका अनुपम नमूना हुन्, तर दुर्भाग्य ती अमूल्य सम्पदाहरुको संरक्षण गर्न सकिएन, नास भए । तर, कोरोनाले सम्झाइएिको छ ।’
‘शहरबजारमा फलामको गेट खोलेर ओहोरदोहोर गर्नेहरुका लागि तगाँलो भनेको कुन चरिको नाम हो थाहै थिएन् । गाउँमै जन्मे हुर्केकाहरुले पनि भुलिसकेका थिए । तर अहिले ठाउँगाउँमा लगाइएका बारले मान्छे पनि पशुजस्तै बनेको हो कि ? उसलाई भनेर नलागे वा नमानेपछि बार नै लगाएर छेकथुन गर्नुपर्ने अवस्था आएझैं लाग्न थाल्यो’ बगरफाँटका नरबहादुर कार्कीले भने ‘कोरोनाले नै सम्झाइदियो तगाँलो पनि ।’
‘खासमा गाउँमा यो बार पुरानो संस्कार हो । धेरैले भित्रीवारी जोगाउन हिउँदमा र खुल्ला साँध सिमानामा जोगाउन तगाँलो हाल्ने चलन थियो । बाँस, चिलाउने, तिँदु, कट्टुस लागयतका हाँगा काटेर तगाँलो हाल्ने गरिन्थ्यो’ ७६ वर्षिय कार्कीले भने ‘यसपालिको तगाँलो अलि फरक खालको छ । बारीमा बस्तु भाउ नछिरोस् भनेर होइन । कोरोन संक्रमित गाउँमा नछिरुन् भन्नका लागि हालिएको हो ।’
विशेषगरी २०७२ सालको महाभूकम्पपछि बनेका घरहरु र भूकम्प प्रतिरोधि निर्माण विधिका कारण कहिँकतै बचेको गाउँमा आँखीझ्याल र तगाारो राख्ने चलन पनि हराएको स्थानीयको भनाई रहेको छ ।
‘पुनःनिर्माण प्राधिकरणले घर बनाउँदा सिमेन्ट दल्नैपर्ने उर्दी जारी ग¥यो सानो झ्याल राख्नै नपाइने नियम बनाएपछि पूर्खाले मेहनत गरेर बनाएका ४÷५ सय वर्ष पुराना आँखीझ्याल विस्थापित भए । भूकम्पअघि गाउँमा कसैले नयाँ घर बनाएपनि आँखीझ्याल पुरानै राख्ने चलन थियो’ भीमबहादुर कार्कीले बताए ।
भूकम्पपीडित जिल्लामा प्राधिकरणले खटाएका इन्जिनियरले आँखीझ्याल कामै लाग्दैन भने । प्राधिकरणको नियम अनुसार झ्यालको साइज चार बाइ छ हुनुपथ्र्यो । राँबो र छिनोको सहयोगमा परम्परागत बुट्टा कुँदिएका आँखीझ्याल साना साइजका हुन्थे ।
कोरोना भाइरसको सन्त्रासले अहिले फेरि गाउँ–गाउँमा तगाँलो हाल्न शुरु गरिए पनि आँखीझ्याल भने विस्मृतिको गर्भमा लोप भएर गएका छन् । अब आँखीझ्यालको स्मृति मात्र बाँकी रहेको र त्यो पनि कोरोनाले सम्झाइदिएको गाउँलेहरुको भनाइरहेको छ ।
‘न गाउँ गाउँ जस्ता रहे, न गाउँ शहर जस्ता भए’
प्रविधिको पहुँच र विकासको लहरले गर्दा गाउँलाई केही सुविधायुक्त बनाएपनि जोखिमबाट भने गाउँ पनि सुरक्षित नरहेको गाउँलेहरुको भनाई रहेको छ । ‘गाउँमा नयाँ प्रविधि भित्रिएको र सुविधा पुगेकोमा जति खुसी छौं, रैथानी सीप र प्रविधि गुमाउनु पर्दा त्यतिकै दुःखी पनि छौं’ बेदप्रसाद शर्माले भने ‘न गाउँ गाउँ जस्ता रहे, न गाउँ शहर जस्ता भए ।’ गाउँ–गाउँमा संक्रमण फैलियो भने गाउँको स्रोत र साधनले संक्रमितहरुलाई बचाउन सक्ने सामथ्र्य त छैन । जोगिने उपाय भने आफुले सिक्दै अरुलाई पनि सिकाउन सक्ने अवस्थामा भने गाउँ छ । गाउँका गौंडामा हालिएको तगाँलो कसैलाई ओहोरदोहोरमा बन्देज लाउनका लागि नभै कोरोना सचेतनाका लागि भएको गाउँलेहरुले बताएका छन् ।





