बागलुङ, १४ बैशाख– झापाका एक ५० वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती व्यक्तिको नमूना कोशी अस्पताल, विराटनगरमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। योसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ।





