शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गल्याङ भित्रिएका ११६ जनालाई क्वारेन्टाइनमा राखियो

गल्याङ भित्रिएका ११६ जनालाई क्वारेन्टाइनमा राखियो

१४ दिनपछि स्वास्थ्य परीक्षण गरेर मात्र घर पठाईने


  • हिमलाल पराजुली
  • बैशाख १५ २०७७, सोमबार

स्याङ्जा, १५ बैशाख– देशका विभिन्न ठाउँबाट गल्याङ नगरपालिका भित्रिएका १ सय १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । ती मध्ये ८८ पुरुष र २८ महिला रहेका छन् । गल्याङ नगरपालिकाले १४ दिनका लागि उनीहरुलाई क्वारेन्टाइनमा राखेको हो ।
क्वारेन्टाइनमा बस्नेहरुमा सबैभन्दा धेरै बारा जिल्लाबाट आएका छन् । बाराको डाबर नेपालमा कार्यरत गल्याङ नगरपालिकाका विभिन्न वडाका ७९ जनालाई क्वारेन्टाइनमा राखिएको हो । त्यस्तै, काठमाण्डौंबाट आएका २२, बुटवलबाट आएका ५, म्याग्दीबाट आएका ४, चितवनबाट आएका ३, नवलपरासीबाट आएका २ र चापाकोट नगरपालिकाबाट आएका १ जनालाई क्वारेन्टाइनमा राखिएको गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले जानकारी दिए । गल्याङ बहुमुखी क्याम्पसमा ८९ जना, वडा नम्बर ७ मा रहेको ज्योति आधारभूत विद्यालयमा ११ जना र खोलाखर्क आधारभूत विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा ८ जनालाई राखिएको छ ।
यसैगरी, वडा नम्बर २ को गुठीमा रहेको आमा समूहको भवन, गल्याङ नगरपालिका–८ मा रहेको कृष्ण अर्यालको खाली घर, वडा नम्बर ६ मा रहेको नरोदय मावि र वडा नम्बर ४ को शिशुकल्याण माविमा २÷२ जनाका दरले क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बस्नेमा सबैधन्दा धेरै वडा नम्बर ४ का ३४ जना रहेका छन् । क्वारेन्टाइनमा राखिएका सबैको १४ दिनपछि स्वास्थ्य परिक्षण गरेरमात्रै घर पठाइने नगरप्रमुख अधिकारीले बताए । क्वारेन्टाइनमा बस्नेलाई नगरपालिका नै खानाको राम्रो प्रबन्ध गरेको नगरप्रमुख अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->