शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रुपन्देही र बाँकेका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि

रुपन्देही र बाँकेका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७७, शुक्रबार

काठमाडौं–१९ बैशाख– नेपालमा शुक्रबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज, बाँके निवासी ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । ‘स्वास्थ्य अवस्था सामान्य रहेका दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमसेर राणाका अनुसार, क्वारेन्टाइनमा रहेका उनीहरुको स्वाव संकलन गरी बिहीबार भेरी अञ्चल अस्पतालमा पीसीआर परीक्षण गर्न पठाइएको थियो । योसंगै देशभर संक्रमित हुनेको संख्या ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म १६ जना निको भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->