शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एकैदिन १० जना कोरोना संक्रमित थपिए, संख्या ६९ पुग्यो

एकैदिन १० जना कोरोना संक्रमित थपिए, संख्या ६९ पुग्यो

नेपालगञ्‍जमा पाँच पुरुष र चारजना महिला, पर्साको वीरगञ्जमा एकजना पुरुषमा कोरोना पुष्टि ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०७७, आइतबार

काठमाडौं, २१ बैशाख- नेपालमा एकैदिन १० जना कोरोना संक्रमित भेटिएका छन् । नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका हुन् ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नेपालगञ्‍जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका छन् । देवकोटाले नियमित प्रेस ब्रिफिङमा बोल्दै नेपालगञ्‍जमा पाँच पुरुष र चारजना महिलामा कोरोना भएको पुष्टि गरेका छन् ।  देवकोटाका अनुसार नेपालगञ्‍जस्थित भेरी प्रादेशिक अस्पतालस्थित ल्याबमा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना देखिएको हो । उनीहरुलाई भेरी प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।  यसैगरी पर्साको वीरगञ्जमा पनि एकजना ३६ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको छ। उनलाई अहिले नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->