शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दुई महिने शिशुसहित थप १७ जनामा कोरोना संक्रमण

दुई महिने शिशुसहित थप १७ जनामा कोरोना संक्रमण

यो सँगै  संक्रमितको संख्या ९९ पुगेको छ । २२ जना निको भएका छन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७७, बुधबार

काठमाडौं, २४ बैशाख – नेपालमा पहिलो पटक दुई महिनाको शिशुमासमेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये सात महिला र १० पुरुष छन् । यो सँगै  संक्रमितको संख्या ९९ पुगेको छ । २२ जना भने निको भएका छन् । प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् । अहिलेसम्म क्वारेन्टाइन १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->