स्याङ्जा, २४ बैशाख– विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाको भाइरससंगै सर्वसाधारणमा त्रास बढिरहेका बेला स्याङ्जामा स्वचालित रुपमा हात धुने ब्यवस्था मिलाइएको छ । जिल्ला अस्पतालमा यसको सुरुवात गरिएको हो । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकोले जोखिम न्युनिकरण गर्न अस्पतालमा खुट्टाको सहायताले स्वचालित रुपमा हातधुने यन्त्रको जडान गरिएको हो ।
प्रगतिशील इन्जिनियरिङ एशोसिएसन स्याङजा र नेपाल इन्जिनियर्स एशोसियनसन गण्डकी प्रदेशले संयुक्त निर्माण गरेको सो फुट अपरेट ह्याण्ड वास सिस्टम जिल्ला अस्पत्ताललाई हस्तान्तरण गरिएको छ । हात धुनको लागि पानी खोल्न हातको सहायत आवश्यक पर्दैन खुट्टाको सहायताले धारामा पानी र सेनिटाइजर खोल्ने यो प्रबिधिले कोरोना लगायत अन्य जिबाणुबाट सुरक्षित रहन सकिने छ । यस प्रकारको प्रबिधिको प्रयोगले पानीको बचत र कोरोना रोगको जोखिम कम गर्न सकिने इन्जिनियर रामचन्द« गिरी बताए ।
मानिसहरुको भीडभाड र बाक्लो आवातजावत हुने स्थानका साथै कार्यालयहरुमा यस्तो प्रणाली राख्न आबाश्यक रहेको जिल्ला समन्बय समिति महासंघका अध्यक्ष सीता कुमारी सुन्दासको भनाई छ । स्थानीय स्रोत साधनको प्रयोग गरेर ३० हजारको लागतमा यो प्रबिधिको विकास गरिएको निर्माण कार्यमा सहभागी इन्जिनियरहरुको भनाई छ ।




