स्याङ्जा, २६ बैशाख– भीरकोट नगरपालिकाका कर्मचारीले आफ्नै कार्यालयले स्थापना गरेको राहत कोषमा रु. १ लाख ९१ हजार १ सय ५७ रुपैयाँ सहयोग गरेका छन् । नगरपालिकाका प्रशासकिय प्रमुख राजेन्द्र प्रसाद पौडेलले नगरपालिकाका कर्मचारीहरुको तर्फबाट नगरपालिकाले स्थापना गरेको कोरोेना राहत कोषमा जम्मा गर्नेगरी नगरप्रमुख छायाराम खनाललाई शुक्रबार चेक हस्तान्तरण गरेका हुन् ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर नगरपालिकामा कार्यरत कर्मचारीहरुको तर्फबाट रकम उठाएर सहयोग गरेको प्रशासकिय प्रमुख पौडेलले बताए । नगरप्रमुख छायाराम खनालले कोरोना भइरसका कारण विश्वनै आक्रान्त बनेको समयमा कर्मचारीले गरेको सहयोगप्रति धन्यवाद दिँदै सो रकम नगरपालिकाले सहि ठाउँमा सदुपयोग गरिने प्रतिक्रिया दिए ।




