काठमाडौं, २९ वैशाख– सोमबार कपिलवस्तुमा १० र सप्तरीका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना देखिएको हो । कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुषहरु छन्भने अर्का एकजनाको उमेर खुलेको छैन । यस्तै, सप्तरीका संक्रमित १८ वर्षिय पुरुष डाक्नेश्वरी नगरपालिका–३ निवासी १८ वर्षीय पुरुष हुन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कपिलवस्तुमा सोमबार १० र सप्तरीमा एक संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ । संक्रमितमध्ये हालसम्म ३३ जना उपचारपछि डिस्जार्च भएका छन् ।





