शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालमा एकैदिन ५७ जना कोरोना संक्रमित थपिए

नेपालमा एकैदिन ५७ जना कोरोना संक्रमित थपिए

मंगलबार थपिएका संक्रमितमध्ये पर्साका ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना रहेका छन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७७, मंगलबार

काठमाडौं, ३० वैशाख– नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका संक्रमितमध्ये पर्साका मात्र ३९ जना रहेका छन् । त्यस्तै, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । मन्त्रालयका अनुसार, उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ । योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको संख्या १ सय ९१ पुगेको छ । तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->