काठमाडौं, ३१ वैशाख– बुधबार कपिलवस्तु र बाँकेमा एक/एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कपिलवस्तु नगरपालिका–५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको होभने बाँकेका एक ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।





