शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जिल्ला प्रशासनले जारी गरेका सबै सवारी पास खारेज

जिल्ला प्रशासनले जारी गरेका सबै सवारी पास खारेज


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७७, बिहिबार

काठमाडौं, १ जेठ – गृह मन्त्रालयले यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेका सबै पास खारेज गर्ने निर्णय गरेको छ । शनिबार (जेठ ३) गतेदेखि लागू हुनेगरी मन्त्रालयले जिल्लाभित्र सवारी साधन सञ्चालनका लागि दिइएका सबै पास खारेज गर्ने निर्णय गरेको मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिए ।
‘यसअघि आजबाट लागू हुनेगरी एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशका लागि सवारी साधनलाई दिइएको पास खारेज गरिएको थियो’, सूचना अधिकारीसमेत रहेका उपसचिव अधिकारीले भने, ‘आज जिल्लाभित्र सवारी सञ्चालनका लागि जिल्ला प्रशासनले दिइएका सवारी पाससमेत खारेज गर्ने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->