शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

थप ९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २५८ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २५८ पुग्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७७, शुक्रबार

पोखरा, २ जेठ – शुक्रबार नेपालमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार ९ जनामा कोराेना पुष्टि भएको हो । नयाँ पाेजिटिभ देखिएका मकवानपुर निवासी ३७ वर्षीय पुरुष; बाँके, नैनापुर-०१. ०३ र ०५ निवासी १८, २०, २२, २५, २५, २७, ३२. ३६ वर्षीय पुरुष  हुन् ।  उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->