शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालमा थप ९ जनामा कोरोना, संक्रमितको संख्या २६७ पुग्यो

नेपालमा थप ९ जनामा कोरोना, संक्रमितको संख्या २६७ पुग्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७७, शुक्रबार

पोखरा, २ जेठ – नेपालमा थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् । यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->