शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

थप दुई जनामा कोरोना संक्रमण, संख्या २७८ पुग्यो

थप दुई जनामा कोरोना संक्रमण, संख्या २७८ पुग्यो

दुबै जना नेपाली सेनाका मध्यपूर्वी पृतना महोत्तरीमा कार्यरत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०७७, शनिबार

काठमाडौं, ३ जेठ– नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिबार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । शनिबार थपिएका कोरोना बिरामी दुबै जना नेपाली सेनाका मध्यपूर्वी पृतना महोत्तरीमा कार्यरत रहेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप दुई जनामा संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ७८ पुगेको बताए । तीमध्ये २ सय २४ पुरुष र ५४ जना महिला रहेको र हालसम्म ३६ जना उपचारपछि निको भएर घर फर्किसकेको डा. देवकोटाले जानकारी दिए । प्रवक्ता देवकोटाले अहिलेसम्म २६ जिल्लामा संक्रमित भेटिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->