शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१० जना कोरोना संक्रमित थपिए, संख्या २९१ पुग्यो

१० जना कोरोना संक्रमित थपिए, संख्या २९१ पुग्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७७, आइतबार

आइतबार बिहान नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार थपिएका नयाँ संक्रमितमा रौतहटका १० जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रौतहटका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका १० संक्रमितमा रौतहट राजापुर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षका पुरुष र रौतहट इशनाथ नगरपालिका ३ र ५ का २८ ३० ३३ वर्षका पुरुष छन् । पछिल्लो विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । आइतबार थपिएकासंगै नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको संख्या २ सय ९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->