शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राम्दीको हेल्थ डेक्समा खटिएकालाई अर्यालको सहयोग

राम्दीको हेल्थ डेक्समा खटिएकालाई अर्यालको सहयोग


  • हिमलाल पराजुली
  • जेष्ठ ४ २०७७, आइतबार

स्याङ्जा, ४ जेठ– कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि गण्डकी प्रदेशको नाका गल्याङ नगरपालिका–१ राम्दीको हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्रीको प्रदान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि सदस्य जीवन अर्यालले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई १० सेट गम्बुट सहयोग गरेकी हुन् ।
हेल्थ डेक्समा जोखिम मोलेर काम गरिरहेकाहरुलाई सहयोग गरेको अर्यालले बताइन् । ‘विपदको बेला सक्दो सहयोग गर्नु मानवीय कर्तव्य हो’ अर्यालले भनिन् ।
किर्तिपुर बस्दै आएकी अर्यालले बुवा ढाकाराम अर्याल ६० वर्ष प्रवेश गरेको अवसर पारेर सहयोग गरेकी हुन । छोरी जीवनले पठाएको सहयोग सामग्री तत्कालिन नेकपा एमाले लेखा आयोगका सदस्यसमेत रहेका ढाकारामले हेल्थ डेक्समा कार्यरत कर्मचारीलाई हस्तान्तरण गरेका हुन् ।
कर्मचारीहरुले जोखिमको बेलामा आवश्यक सामग्री सहयोग गरेकोमा अर्याललाई धन्यवाद दिएका थिए । अर्यालले यसअघि कोरोना संक्रमण र रोकथाममा सहयोग पुर्याउने उद्देश्यले बिभिन्न ठाउँमा आर्थिक सहयोगसमेत गर्दै आएकी छन् । वालिङ, चितवनको माणी, किर्तिपुर नगरपालिका र नेकपा स्याङ्जालाई पाँच÷पाँच हजारका दरले सहयोग गरेको अर्यालले बताइन ।
यसैबीच, राम्दीको हेल्थ डेक्समा खटिएका १० जना स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नाकामा खटिएका कर्मचारीहरु कोरोना संक्रमणको जोखिमामा पर्न सक्ने भन्दै स्वाव परिक्षण गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->