शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एकैदिन बाँकेका ४७ जनामा कोरोना पोजेटिभ

एकैदिन बाँकेका ४७ जनामा कोरोना पोजेटिभ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७७, सोमबार

नेपालमा एकै दिन ४७ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार दिउँसोसम्म बाँकेका थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । कोरोना पोजेटिभ देखिएका ४७ जना जिल्लाको नरैनापुर क्षेत्रको क्‍वारेन्टाइनमा बसेका थिए । त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको र १ सय ९२ जनाको परीक्षण गरिएको थियो । जसमा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पतालले जनाएको छ । बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको छ । आइतबार क्‍वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएका लगायतको स्वाब संकलन गरी परीक्षण गरिएको हो । सोमबार बाँकेमा थपिएका ४७ जनासंगै कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । देशभर ३१ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->