शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

११ जना कोरोना संक्रमित थपिए, संख्या ३९० पुग्यो

११ जना कोरोना संक्रमित थपिए, संख्या ३९० पुग्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७७, मंगलबार

काठमाडौं, ६ जेठ– मंगलबार थप ११ जना जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना रहेका छन् । सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ । झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन् । सोमबार पनि गाउँपालिकाकै एक जना पुरूषमा संक्रमण देखिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ । मंगलबार मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका हुन् । उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->