शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका दुई जनामा कोरोना संक्रमण

स्याङ्जाका दुई जनामा कोरोना संक्रमण


  • हिमलाल पराजुली
  • जेष्ठ १३ २०७७, मंगलबार

स्याङ्जा, १३ जेठ– स्याङ्जा जिल्लाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर वालिङको क्वारेन्टाएनमा बसेका वालिङ नगरपालिका–७ निवासी २० र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको सोमबार प्रादेशिक प्रयोगशाला पोखरामा स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए । अहिले उनीहरुलाई आइसोलेसन वार्डमा सारिएको सहायक प्रजिअ गिरीले जानकारी दिए । उनीहरु जिल्ला अस्पताल स्याङ्जाको कोरोना आइसोलेशन कक्षमा चिकित्सकको प्रत्यक्ष निगरानीमा छन् । संक्रमितहरु यही जेठ १० गते भारतबाट वालिङ आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->