शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आँधीखोला गाउँपालिकाले दियो किसानलाई धानको बिउ

आँधीखोला गाउँपालिकाले दियो किसानलाई धानको बिउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७७, आइतबार

स्याङ्जा, १८ जेठ– धानको बिउ राख्ने बेलामा बिउको अभाव भएपछि चिन्तित बनेका आँधीखोला गाउँपालिकाका कृषकहरुले यतिबेला भने राहातको महसुस गरेका छन् । बन्दाबन्दीका कारण धानको बिउ अभाव भएपछि गाउँपालिकाले लमजुङबाट राम धान र लोकतन्त्र धानको बिउ ल्याएर पचास प्रतिशत अनुदानमा किसानलाई बिउ बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
धानको बिउ राख्ने बेलामा बिउ नपाएको भन्दै किसानले गाउँपालिकामा गुनासो गरेपछि गाउँपालिकाले बिउको ब्यवस्था गरेर अनुदानमा कृषकहरुलाई वितरण गरेको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए । ‘हामी कृषिका माध्यामबाट पालिकालाई आत्मनिर्भर बनाउन चाहान्छौ, त्यसैले बिभिन्न प्रकारका बिउबिजनका साथै निशुलक रुपमा प्राविधिक सहयोग समेत गर्दै आएका छौ’ अध्यक्ष पौडेलले भने । किसानलाई कृषि पेशाप्रति आर्कषण गर्नको लागि बिभिन्न प्रकारका अनुदानका कार्यक्रमहरु सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->