शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वालिङमा गाई संरक्षणका लागि गौशाला निर्माण

वालिङमा गाई संरक्षणका लागि गौशाला निर्माण


  • हिमलाल पराजुली
  • जेष्ठ २० २०७७, मंगलबार

स्याङ्जा, २० जेठ– गाई संरक्षणका लागि वालिङ नगरपालिकाले गौशाला निर्माण गरेको छ । अहिले सञ्चालनमा रहेको गौशालाको क्षमता कम भएकोले वालिङ–१० स्थित स्वर्गाश्रममा गौशाला निर्माण गरिएको हो । वालिङ नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार स्वर्गाश्रममा गौशाला निर्माणका लागि वालिङ ८ र १० का वडाध्यक्षको रेखदेखमा काम भईरहेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।
गौशाला निर्माणका लागि पशु विकास निर्देशनालय पोखराको छाडा चौपाया नियन्त्रण कार्यक्रमअन्तर्गत १५ लाख रुपैयाँ र अन्य अपुग रकम नगरपालिकाले ब्यहोर्ने गरी निर्माणको काम भइरहेको खाँणले जानकारी दिए । ‘गौशालामा हाल २६ वटा गाईहरु राखिएको छ, झण्डै तीनसयसम्म गाई राख्न सकिने क्षमताको गौशाला विस्तार गर्दछौ’ उनले भने । नेपालको राष्ट्रिय जनावरको रुपमा रहेको गाई पछिल्लो समय छाडा छोडिदिंदा बालीनाली खाईदिने समस्या भएकाले उचित ब्यवस्थापनका लागि गौशाला निर्माण गरिएको खाँणको भनाई छ ।
जथाभावी पशुचौपाया छोडिदिंदा बालीनाली खाईदिने तथा सडकमा गाईको हुलले गर्दा सवारी आवतजावतमा समस्या तथा संभावित दुर्घटनाको जोखिम न्यूनिकरणका लागि बृहत गौशाला निर्माण गरिएको वालिङ–१० का अध्यक्ष अनन्तराज गैह्रेले बताए । सार्वजनिक र ब्यक्तिगत गरी झण्डै दुई सय रोपनी क्षेत्रफलमा गाईका लागि आवश्यक पर्ने घाँस रोपण गरिएको, दानापानी, घाँस पराल राख्ने ठाउँ, हेरालुहरुका लागि बस्ने भवन, गाईबस्तुका लागि खानेपानी संकलन गर्ने पोखरीलगायतका पूर्वाधार निर्माण भएको अध्यक्ष गैह्रेको भनाइ छ । गाईका लागि चरनक्षेत्र प्रशस्त भएकाले समस्या नहुने वालिङ–८ का वडाध्यक्ष कमलप्रसाद सुबेदीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->