शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका तीन जनाले कोरोना जितेर घर फर्किए

स्याङ्जाका तीन जनाले कोरोना जितेर घर फर्किए


  • हिमलाल पराजुली
  • जेष्ठ २८ २०७७, बुधबार

स्याङ्जा, २८ जेठ– स्याङ्जा जिल्लाका तीन जनाले कोरोना जितेर घर फर्किएका छन् । जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसनमा उपचार तीनै जनाको पछिल्लो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट विदाई गरिएको हो । गत जेठ १३, १५ र १८ गते प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।
कोरोना जितेर घर फर्किनेहरुमा गल्याङ नगरपालिका २ र वालिङ नगरपालिकाका १ जना रहेको अस्पतालकी मेडिकल अधिकृत एवं कोरोना स्रोतव्यक्ति चिकित्सक अन्जु अर्यालले जानकारी दिइन् । जिल्लामा ३८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएकोमा वालिङ नगरपालिका–३ का ५८ वर्षीय एक पुरुषको २५ गते आइतबार गण्डकी अस्पताल पोखरामा मृत्यु भएको छ । अब जिल्ला अस्पताल र हेलुमा रहेको कालीका सामुदायीक अस्पतालमा गरि ३४ जनालाई आइसुलेसनमा राखेर उपचार भइरहेको छ ।
कोभिड–१९ जित्नेहरुलाई जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सीता कुमारी सुन्दास, प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सीमा कुमारी क्षेत्री र जिल्ला अस्पतालका चिकित्सकले विदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->