शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका दुई संक्रमित क्वारेन्टाइन सरसफाईका कर्मचारी

स्याङ्जाका दुई संक्रमित क्वारेन्टाइन सरसफाईका कर्मचारी


  • हिमलाल पराजुली
  • जेष्ठ ३० २०७७, शुक्रबार

स्याङ्जा, ३० जेठ– जिल्लामा पहिलो पटक दुई जना सरसफाई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्माका अनुसार, गल्याङ नगरपालिकाको क्वारेन्टिनमा सरसफाई गर्ने महिला र पुरुषमा संक्रमण देखिएको र उनीहरुको कन्ट्रयाक ट्रेसिङ लिने काम भइरहेको छ ।
शुक्रबार बिहानमात्रै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले स्याङ्जाका थप २२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । जसमध्ये गल्याङ नगरपालिकाका १८ जना, वालिङ नगरपालिकाका २ जना, अर्जुनचौपारी गाउँपालिकाका ३ वर्षीय बालकसहित ठेगाना नखुलेका अर्का ४ वर्षका एक बालक रहेका छन् । कोरोना संक्रमणको पुष्टि भएकाहरुलाई हेलुमा रहेको कालिका सामुदायीक अस्पतालमा लैजाने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->