शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महायज्ञको हिसाब सार्वजनिक गर्न माग

महायज्ञको हिसाब सार्वजनिक गर्न माग


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७७, शुक्रबार

स्याङ्जा, ५ असार– स्याङ्जा र पाल्पाको सिमानामा रहेको धार्मिकस्थल राम्दीमा वषौँअघि गरिएको महायज्ञबाट संकलित रकमको आयव्याय सार्वजानिक गर्न माग गरिएको छ । २०६८ साल कार्तिक १८ गतेदेखि २५ गतेसम्म संञ्चालन गरिएको महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवमा संकलन गरिएको १ करोड ६६ लाख ४० हजार २४३ रुपैँयाको आयव्याय करिव १० वर्ष हुन लाग्दासम्म पनि सार्वजानिक नगरेको भन्दै गल्याङ नगरपालिका–११ का नारायण प्रसाद अधिकारी र गल्याङ–९ कै बोधराज भण्डालरीले पत्रकार भेटघाट गर्दै हिसाब सार्वजनीक गर्न माग गरेका हुन् ।
सम्बन्धीत निकायमा पटक पटक कुरा गर्दासमेत कुनै सुनुवाई नभएपछि पत्रकार सम्मेलन गरेर जानकारी गराईएको उनीहरुको भनाई छ । सम्बन्धित निकायमा धेरै पटक आग्रह गर्दासमेत कुनै सुनुवाई नभएपछि पत्रकार सम्मेलन गरेर जानकारी गराईएको युवा द्वोय नारायण प्रसाद अधिकारी र बोधराज भण्डारीले बताएका छन् ।
पत्रकार भेटघाटमा बोल्दै नारायण प्रसाद अधिकारीले धर्मका नाममा पैसा उठाएर हिनामिना पार्ने काम भएको दाबी गर्दै त्यस्ता कार्यको सचेत युवाले खोजी गर्नुपर्ने बताए । अधिकारीले भने ‘पटक पटक आफुलगायत दानदाताहरुले हिसाब माग्दा बेवास्ता गरियो ।’
तत्कालिन महायज्ञ मुल आयोजक समितिका अध्यक्ष दिलिप प्रताप खाँणले महायज्ञ सकिएलगत्तै हिसाब सार्वजनिक गरिएको बताए । खाँणले भने “हामीले हिसाब गरेर अडिट रिपोर्टसहित सम्बन्धित स्थानीय समितिलाई खाता बुजाएका छौ, अहिले आफुलाई रकम यकिन नभए पनि केही रकम बैंकको खातामा छ ।’ महायज्ञको तत्कालीन महासचिव नविन पाण्डेले जुन उद्देश्य राखेर महायज्ञको आयोजना गरिएको थियो काम भने हुन नसकेको कुरा साँचो भएको र आर्थिक विषयमा कोषाध्यक्षलाई सोध्नु पर्ने बताए । महायज्ञको हिसाबबारे बुझ्न खोज्दा कोषाध्यक्ष श्याम बस्यालसंग भने सम्पर्क हुन सकेन् ।
महायज्ञबाट रामनदी धामको विकासको लागि गुरुयोजना तयार गरी व्यवस्थित सवदाहा गर्ने स्थल, नुवाउने घाट, आर्युवेदिक औषधालय, पुस्तकालय, पुष्पबाटिका, गौशाला, दिनदुखीको र साधु सन्तहरुको अन्न क्षेत्र निर्माण गरिने उद्देश्य राखेर महायज्ञ आयोजना गरिएको थियो ।
महायज्ञ गरिएको लामो समयसम्म हिसाब पारदर्शी रुपमा सार्वजनीक नभएको र सो क्षेत्रमा निर्माणका कुनैपनि काम नभएकोले महायज्ञ आयोजकहरुलाई ठगी मुद्दामा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यायलयमा बुधबार जाहेरी दिएको पत्रकार भेटघाटमा जानकारी गराइएको छ । यद्यपी जाहेरी भने अहिलेसम्म दर्ता भएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->