स्याङ्जा, ७ असार– सुर्योदय लघुबित्त वित्तिय संस्था लि.ले प्रदेश र स्थानीय तहका विपतकोषमा आर्थिक सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण पैmलिदै गएपछि यसको रोकथाम र नियन्त्रका लागि लघुबित्तले सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको जनाएको छ । लघुबित्तले आफ्ना शाखा रहेका ३ वटा प्रदेश र ५६ वटा स्थानीय तहमा गरि १० लाख १० हजार सहयोग गरेको लघुबित्तका प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनीले जानकारी दिए ।
सूर्योदयले गण्डकी प्रदेश र ५ नम्बर प्रदेशलाई दुई÷दुई लाख सहयोग गरेको छ भने केन्द्रिय कार्यालय रहेको पुतलीबजार नगरपालिकालाई ५० हजार, प्रदेश नम्बर ६ को बनगाड कुपिण्डे नगरपालिकालाई ५० हजार र यसअघि त्रिलोकको केन्द्रिय कार्यालय रहेको सुनवल नगरपालिकालाई २५ हजार रुपैयाँ उपलब्ध गराएको सूर्योदयले जनाएको छ ।
यसैगरी, स्याङजाको फेदीखोला, अर्जुनचौपारी, विरुवा, कालीगण्डकी गाउँपालिका, वालिङ र चापाकोट नगरपालिका गरि ५३ वटा स्थानीय तहमा १०÷१० हजार रकम उपलब्ध गराएको प्रमुख कार्यकारी अधिकृत पंगनीले बताए । स्याङ्जाको पुतलीबजारमा केन्द्रिय कार्यालय रहेको सुर्योदय लघुबित्त वित्तिय संस्था लि. र त्रिलोक लघुवित्त मर्ज भएर बनेको सूर्योदय लघुबित्तले अहिले २३ जिल्लामा ६५ वटा शाखामार्फत सेवा दिइरहेको छ ।




