शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका १४ जनाले एकैदिन कोरोना जिते

स्याङ्जाका १४ जनाले एकैदिन कोरोना जिते


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७७, मंगलबार

स्याङ्जा, ९ असार, कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा उपचारारत रहेका १४ जना सोमबार कोरोना जितेर घर फर्किएका छन् । कालिका सामुदायिक अस्पताल हेलूको आईशोलेसनमा रहेका मध्ये १४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरेर घर पठाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । आईशोलेसनमा रहेका २८ जनाको परीक्षण गरिएकोमा १४ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई सोमबार घर पठाइएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले उनीहरुलाई कोरोना संक्रमण जीतन सफल भएकोमा बधाई दिदै एक हप्ता घरमा अलग्गै बस्न आग्रह गर्दै विदाइ गरेकी हुन् । विदाई कार्यक्रममा मन्त्री पुनसहित स्वास्थ्य निर्देशक विनोद विन्दु शर्मा, जिल्ला समन्वय प्रमुख सिता सन्दास, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री लगायतको उपस्थिती रहेको थियो । कोरोना संक्रमण जीतेर घर जानेहरुमा वालिङ नगरपालिका, चापाकोट नगरपालिका, कालिगण्डकी गाउँपालिका र हरिनास गाउँपालिकाका गरी १४ जना रहेका छन् भने यस भन्दा पहिले ७ जना कोरोना जितेर घर फर्किसकेका छन् । स्याङ्जामा अहिलेसम्म कोरोना सक्रमितको संख्या ९८ पुगेको छ भने कोरोना निको हुनेको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->