शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भरूवा बन्दुकसहित युवा पक्राउ

भरूवा बन्दुकसहित युवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७७, मंगलबार

स्याङ्जा, ९ असार– एक युवा भरुवा बन्दुकसहित पक्राउ परेका छन् । आईतबार वालिङ नगरपालिका–५ मझकोट का ३४ वर्षीय जोग बहादुर चुहानलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा बन्दुक लुकाएर राखेको भन्ने सूचना पाएपछि चेहानको घरमा पुगेको प्रहरी टोलीले बन्दकुसहित उनलाई पक्राउ गरेको हो ।
चुहानको कोठा खान तलासी गर्दा लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक थान १, बन्दुकको बारुद भर्न प्रयोग हुने फलामको रड, बारुद, केप र छर्राहरु समेत फेला परेको प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । पक्राउ परेका चुहानलाई स्याङ्जा जिल्ला अदालत स्याङ्जाबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->