
रघुगंगा गाउँपालिकाका उपाध्यक्ष, गाउँसभाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाका कर्मचारीहरु, पत्रकारहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरु !
१. स्थानीय सरकार प्रमुखको रुपमा रघुगंगा गाउँपालिकाको आर्थिंक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम यस सम्मानित सभासमक्ष प्रस्तुत गर्न पाउँदा मैले हर्षको महशुस गरेको छु ।
२. संघीय लोकतान्त्रिक गणतन्त्रको युगसम्म आउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको आन्दोलनमा अगुवाई गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मानसहित स्मरण गर्न चाहन्छु । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोारेना भाइरस ( कोभिड–१९) को कारण ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
३. हामी आगामी वर्षको नीति तथा कार्यक्र र बजेट तयारीको पूर्वसन्ध्यामा रहँदा यस गाउँपालिकाको वडा नम्बर ५ कोटगाउँमा पहिरो गई दुईजनाले ज्यान गुमाउन पुग्नुभएकोमा निजहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु ।
४. स्थानीय सरकार सञ्चालनको तेस्रो वर्षको अन्त्यतर्फ आइपुग्दा संवैधानिक अधिकारसहितको तीनतहको सरकार बीचको सहकार्य, समन्वय र सहअस्तित्वसमेतको मर्म अनुसार नेपाल सरकार एवं प्रदेश सरकारले प्रस्तुत गरेका दीगो विकासको लक्ष्य प्राप्तिसहितका नीति तथा कार्यक्रमहरुलाई मध्यनजर गरि गाउँसभामार्फत् पारित ऐन, नियम तथा कार्यविधिको आधारमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम तय गरिएको छ ।
गाउँसभाका सदस्यहरु,
५. आर्थिक वर्ष २०७७/०७८ का लागि नीति कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि हामी जनप्रतिनिधिका रुपमा निर्वाचित भई आएपश्चात हाँसिल गरेका केही महत्वपूर्ण उपलब्धिहरु यस गरीमामय सभासमक्ष प्रस्तुत गर्न चाहन्छु ।
६. जनताको नजिकमा रहेर सेवा प्रवाह गर्दै शासन व्यवस्थामा जनताको सहज पहुँच पु¥याउने माध्यमको रुपमा रहेको स्थानीय सरकार, कार्यपालिकीय, विधायिकी र न्यायीक तीनवटै अधिकार प्रयोग गर्न सक्षम हुँदै आइरहेको छ । स्थानीय सरकारको सुशासन, विकास र समृद्धिको लागि हामीले १९ वटा महत्वपूर्ण ऐन, नियम, निर्देशिका, कार्यविधिर मापदण्ड जारी गरि कार्यान्वयनमा ल्याएका छौंँ ।
७. स्थानीय तहमा न्यायिक अभ्यासलाई संस्थागत गर्न नेपालको संविधान र कानून बमोजिम न्यायिक समिति गठन भई न्यायिक समितिसमक्ष दर्ता भएका विवादहरुको आपसी छलफल र मेलमिलापको माध्यमबाट समाधान गर्ने प्रयत्न गरिएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ ले व्यवस्था गरेको न्यायिक समितिको अधिकार क्षेत्रको मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरि उत्तल केन्द्रको संयोजकसमेत तोकी न्यायिक समितिबाट सूचिकृतगरेको मेलमिलापकर्ताबाट कामकारवाही अगाडि बढाइएको छ र
८. गाउँपालिकामा ऐतिहासिक, पुरात्वात्विक, सांस्कृतिक, धार्मिक, पर्यटकीय, आर्थिक, प्राकृतिक रुपले महत्पूर्ण क्षेत्र, स्थान वा कलालाई संरक्षण गर्ने नीति अनुरुप चिमखोलालाई सांस्कृतिक तथा रुइसे र टोड्केलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणाा गरिएको छ ।
९. ढुंगा, गिट्टी, बालुवा,माटो आदि प्राकृतिक एवं नदीजन्य बस्तुहरुको बिक्री तथा निकासी शुल्क दस्तुर संकलन गर्न गाउँपालिका क्षेत्रभित्रका बगरहरुको प्रारम्भिक वातावरणीय परीक्षण गरि सो सम्बन्धी आय ठेक्कासमेत सम्झौता गरि स्थानीय कर संकलन गरिनुका साथै व्यवसाय दर्ता, होमस्टे दर्ता, हाइड्रोपावर दर्तालगायत नयाँ आन्तरिक स्रोतको दायरा फराकिलो बनाई चालु आर्थिक वर्ष २०७६/०७७ मा अनुमानित आन्तरिक आय प्राप्त भइसकेको छ ।
१०. स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धनका साथै आधुनिकीकरणसम् मगर्न गाउँ शिक्षा समितिको गठन गरिएको छ । आधारभूत तहको परीक्षा संचालन, अनुगमन र व्यवस्थापन गर्न छुट्टै कार्यविधि निर्माण गरि कक्षा ८ को परीक्षा मर्यादित एवं व्यवस्थित रुपमा सम्पन्न गरिएको छ । प्रारम्भिक बालविकास केन्द्रबाटै विद्यालयको शैक्षिक सुधार गर्न सहयोग पु¥याइरहेका बाल शिक्षा सहजकर्ताहरु, विद्यालयको संचालन र संरक्षणमा सहयोग पु¥याइरहेका विद्यालयका कर्मचारीहरु र विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधारमा लागिपर्नुभएका प्रधानाध्यापकहरु प्रोत्साहन भत्ता थप गरिएको छ ।
११. गाउँपालिकाको सहभागितामूलक योजना तर्जुमा प्रक्रियामार्फत् चालु आर्थिक वर्ष २०७६/०७७ मा स्थानीय स्तरको विकासका लागि ११३ वटा वार्षिक योजना बनाई कार्यान्वयन गर्दैगर्दा जेठ मसान्तसम्म पूँजिगत प्रकृतिका योजनाहरुको प्रगति करिब ८० प्रतिशत पुगेको छ । त्यस्तै संस्थागत सुशासन र सेवा प्रवाहसँग जोडिएका योजना तथा कार्यक्रम करिब सम्पन्न भइसकेको अवस्था छ । नीति निर्माण, विकास निर्माणको अगुवाई, अनुगमन एवं जनताको सुख–दुःखमा साथ दिनेगरि रघुगंगा गाउँपालिका सशक्त हुँदैछ ।
१२. आफ्नो कार्य संचालन गर्दा लागत न्यूनिकरण, स्रोत–साधनको अधिकतम् उपयोगका लागि नेपाल सरकार तथा प्रदेश सरकारसँग साझेदारी एवं संयुक्त व्यवस्थापनमा बृहत पूर्वाधार निर्माणलगायतका कार्य गर्दै आइरहेको छ ।
१३. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न पाउने संवैधानिक अधिकारलाई प्रत्याभूत गर्न स्वास्थ्यकर्मीलगायतको सुविधासहित ७ ठाउँमा सामुदायिक स्वास्थ्य इकाई तथा अघिल्लो वर्ष झीँमा वर्थिक सेण्टर स्थापना गरि संचालनमा ल्याइएको छ । त्यसैगरि नागरिकहरुको सेवाको लागि स्वास्थ्यसम्बन्धि बृहत शिविर,सबै वडाहरुमा चिकित्सकसहितको टोलीमार्फत् स्वास्थ्य परीक्षण गरि नागरिकहरुको घरदैलोसम्म स्वास्थ्य सेवा बिस्तार गरिएको छ ।
१४. वैकल्पिक चिकित्सा र आयुर्वेदप्रति जागरण ल्याउन आयुर्वेद प्रवद्र्धन कार्यक्रम सम्पन्न गरिएको छ ।
१५. आर्थिक विपन्न, असक्त र असहाय अवस्थामा रहेका असहाय एकल महिला, अपाङ्गता भएका बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, कडा तथा असाध्य रोग लागेका, दीर्घ रोगीहरु, विभिन्न प्रकृतिका विपद्हरुबाट पीडित व्यक्तिहरुलाई विशेष संवोधन गरिएको छ ।
१६. उच्च कार्यसम्पादन एवं लगनशिलताका साथ चुस्त सेवा प्रवाहमार्फत् स्थानीय सरकारका प्राथमिकताका कार्यक्रमहरुलाई नागरिक समक्ष पु¥याउन कर्मचारीवर्गबाट भएको सकारात्मक भूमिका उल्लेखनीय रहेको छ ।
१७. गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन तथा आवास सुधार कार्यक्रम संचालन गर्न सो. सम्बन्धि छुट्टै कार्यविधि निर्माण गरि गाउँपालिका भित्र रहेका सुकुम्बासी, घरबारविहीन, कच्ची टिन र खरले छाएका घर तथा शौचालयविहीन घरपरिवारको लगत संकलनको कार्य सम्पन्न भई लगत संकलन समितिले गाउँपालिकासमक्ष पेश गर्ने अन्तिम चरणमा छ । जनता आवास र सुरक्षित नागरिक आवास निर्माणका लागि लगत संकलन कार्य सम्पन्न भएको छ ।
१८. विकासमा निश्चित उदेश्य हाँसिल गर्न अपनाइने रणनीति, समय, क्रियाकलापहरु र साधन–स्रोतको संयोजन गरि योजनाबद्ध विकासको सुरुवात गर्न हाम्रो प्रथम पञ्चवर्षीय योजना २०७६/०७७ देखि २०८०/०८१ तर्जुमा भइसकेको छ ।
१९. अनुदानमा आधारित विविध कृषिजन्य साामग्री, बीउ,बिजन बितरण गरि कृषिमा आधुनिकीकरण गर्न प्रयत्न गरिएको छ । रोजगारी सृजनाको लागि पर्याप्त अवसर प्रदान गरिएको छ ।
२०. हामीले नीतिहरुको कार्यान्वयनबाट स्थानीय नेतृत्वको विकास र स्थानीय शासन पद्धति सुदृढ हुने प्रसस्त आधारहरु तयार भएका छन् । हरेक दिन एक कदम अगाडि बढ्ने हाम्रो दृष्टिकोण र शैलीका कारण सम्पूर्ण रघुगंगाबासी नागरिकमा उत्साहको संचार भएको छ ।
२१. घर घरमा स्नातक, टोलटोलमा प्राविधिक, वडावडामा स्वास्थ्यकेन्द्र, बस्तीबस्तीमा जेष्ठ नागरिक क्लब, नदी किनार र प्रतीजमिनमा सार्वजनिक उद्यान निर्माण गर्ने नीतिलाई निरन्तरता दिइएको छ ।
२२.अब म गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।
२३. मानवीय क्षमता विकास,पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी बृद्धि, स्थानीय नेतृत्व विकास,दीगो विकास, प्रभावकारी सेवा प्रवाह र कानूनी शासनको प्रत्याभूतिलाई प्राथमिकतामा राख्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित छन् ।
गाउँसभाका सदस्यहरु,
क्षेत्रगत रुपमा नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ।
आर्थिक क्षेत्र
२४. आन्तरिक स्रोत बढाउन स्रोत सम्भाव्यता अध्ययन तथा राजश्व सुधार कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ ।
कृषि
२५. विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोेरोना भाइरस कोभिड–१९ को कारणले भएको लकडाउनबाट समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको वर्तमान अवस्थामा कषि उपज बृद्धिका लागि जग्गा चक्लाबन्दी, मल तथा बीउबिजनमा अनुदान, कृषि यान्त्रिकीकरण र बाँझो जमिनमा खेति गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम अगाडि बढाइनेछ ।
२६.. गाउँपालिका भित्र रहेका वास्तविक किसानहरुको पहिचानका लागि कृषक दर्ता कार्यक्रम अगाडि बढाई वित्तीय संघ÷संस्थाहरुमार्फत् सहुलियत ऋण प्रदान गर्न पहल गरिनेछ ।
२७. कृषि बीउबिजनको सहज आपूर्ति, कृषि सामग्री व्यवस्थापन, सामूहिक खेति र बजार पहुँचका लागि सहकारी कृषि प्रणालीलाई प्रोत्साहन गरिनेछ ।
२८. गुणस्तरी सहज पहुँच र उपलब्धताको प्रत्याभूतिका लागि गाउँपालिका भित्र उत्पादन हुने सम्पूर्ण स्थानीय बस्तुहरुको तथ्याङ्क संकलन गरिनेछ । साथै बजारको पहुँच नपुगी उपयोगमा नआउने बस्तुहरु नाफासहितको प्रतिफल सुनिश्चित गरि कृषकबाट खरिद ग्यारेण्टी गरिनेछ र सो को बिक्री गर्ने आवश्यक प्रबन्धसमेत गाउँपालिकाले गर्नेछ ।
२९. कृषकहरुको उत्पादन बृद्धि गर्न माटो परीक्षण गरी अनुकूल बाली लगाउने कार्यको सुरुवात गरिनेछ ।
३०. गाँउपालिका भित्रका खेतियोग्य जमिन तथा बाँझो जमिनमा आवश्यक सिंचाइको व्यवस्था गरी कृषि उत्पादन बढाइनेछ ।
३१.पशुपालन तथा कृृिष कार्यका लागि दीर्घकालीन योजना तयार गरी कृषि सडक तथा स्थानीयस्तरका सिंचाइ प्रणालीको निर्माण गरिनेछ ।
३२.राष्ट्रिय तथा स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउने बाली बस्तुहरुको साना व्यावसायिक कृषि उत्पादन केन्द्र( पकेट) क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
३३. गाउँपालिका भित्रका मुख्य बालीहरुमा कृषि बिमा गरिनेछ । सोको लागि छुट्टै कार्यविधि बनाई लागु गरिनेछ ।
३४.जडिबुटीको व्यावसायिक खेतीका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
पशुपालन
३५. बंगुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र ( पकेट) विकास कार्यक्रम संचालन गरिनेछ ।
३६. यस गाउँपालिकाको उत्तरी क्षेत्रमा भेडा बाख्राहरुको लागि चरन सम्भावनायुक्त मैदानहरु रहेकाले सो को सदुपयोग गर्दै संघीय सरकार, प्रदेश सरकार र गाउँपालिका एवं किसानहरुको चौतर्फी साझेदारीमा भेडा संरक्षण कार्यक्रम संचालन गरिनेछ ।
३७. गाउँपालिका भित्र अकस्मात बिरामी हुने पशुपंक्षीहरुको उपचारको लागि आवश्यक औषधि र पशु प्राविधिकहरुको प्रबन्ध गरिनेछ ।
पर्यटन
३८. गाउँपालिकाभित्र संचालनमा रहेका होमस्टेहरुको प्रभावकारी नियमन गर्दै होमस्टेलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण आधारका रुपमा विकास गर्न विशेष प्रबन्ध गरिनेछ ।
३९. बेगखोलको लामो झोलुङ्गेपुल, भगवती रुइसे, पिप्लेको रानीपौवा, दग्नामको तातोपानी कुण्ड, झीँको टोड्के, पाखापानी मालिका मन्दिर, चिमखोलाको मण्डलीथान तथा कुइनेको रिखार मन्दिरलगायतका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि रघुगंगा गाउँपालिकाको पहिचान तथा अर्थतन्त्रको आधारशिलाको रुपमा विकास गरिनेछ । यसको लागि पर्यटनमैत्री संरचना निर्माण तथा पर्यटन पूर्वाधार निर्माण गर्न विस्तृत पर्यटन गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ ।
४०. निजी क्षेत्रसँगसमेत समन्वय गरी रघुगंगा पर्यटन महोत्सव आगामी वर्ष आयोजना गरिनेछ ।
४१. महिला विकास कार्यक्रमद्धारा प्रवद्र्धित महिला सहकारी संस्थाहरुको सुदृढीकरण एवं स्थानीय तहको महिला उद्यमी सञ् जाल स्थापनाको अभियान अगाडि बढाइनेछ ।
४२ उद्यमशीलता प्रवद्र्धनको लागि ‘गाउँपालिका अध्यक्ष नवप्रवर्तन पुरस्कार र गाउँपालिका उपाध्यक्ष सफल महिला उद्यमी पुरस्कार’ स्थापना गरिनेछ । गाउँपालिकामा नविनतम् तरिका र प्रविधिबाट उद्योग÷व्यवसाय संचालन गर्ने उत्कृष्ट उद्यमीलाई गाउँपालिका अध्यक्ष नवप्रवर्तन पुरस्कार र गाउँपालिका भित्रका महिला उद्यमीमध्ये उत्कृष्ट उद्यमीलाई गाउँपालिका उपाध्यक्ष सफल महिला उद्यमी पुरस्कारद्धारा सम्मानित गरिनेछ ।
४३.गाउँपालिकाको क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजिगत लगानी र आर्थिक कारोबारको आधारमा व्यवसाय कर लगाइँदै आएकोमा यसलाई थप व्यवस्थि तगर्न साना तथा ठूला व्यवसायलाई अनिवार्य रुपमा दर्ता एवं नवीकरण हुनुपर्ने व्यवस्था गरिनेछ ।
४४. गाउँपालिकाले हाल लिँदै आएको कर, राजश्व र शुल्क आदिलाई थप व्यवस्थित र वैज्ञानिक बनाइनेछ । ‘हाम्रो गाउँपालिका हाम्रो कर, समृद्ध बनाउने हाम्रै रहर’ भन्ने नारालाई साकार पार्न असल करदातालाई सम्मान र तोकिएको समयमै कर तिर्ने करदातालाई विशेष छुटको व्यवस्था मिलाइनेछ । आगामी आर्थिक वर्षदेखि सम्पत्ति कर लागु हुनेगरि व्यवस्थित तरिकाले संकलन गर्न आवश्यक प्रबन्ध गरिनेछ ।
४५. गाउँपालिकाभित्र निजी क्षेत्रबाट संचालित आयोजनाहरुको समस्या समाधानका लागि आवश्यक सहजिकरण गरिनेछ ।
४६. उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघलगायत निजी क्षेत्रको व्यापार÷व्यवसायको संरक्षण र प्रवद्र्धनमा सक्रिय रहँदै आएका संघ÷संस्थाहरुसँग सहकार्य गरी उद्यमशीलताको विकास र व्यापार व्यवसायको प्रवद्र्धन गरिनेछ ।
४७. गैरसरकारी संघ÷संस्थामा आवद्ध रही गाउँपालिकाभित्र कार्यरत रहेका विदेशी नागरिकहरुको यथार्थ विवरण गाउँपालिकाको कार्यालयमा अनिवार्य रुपमा अध्यावधिक गरी जानकारी गराउनुुपर्ने नीति अवलम्बन गरिनेछ ।
सहकारी
४८. गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र संचालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि गरी सहकारी संस्थाको प्रवद्र्धन, परिचालन र विकास गरिनेछ । सहकारीसम्बन्धि स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन तथा अनुसन्धान गरी दैनिक उपभोग्य बस्तु, कृषि, बन, मत्य तथा पशुजन्य पदार्थ उत्पादन र बिक्री वितरण गर्ने सहकारीहरुलाई विशेष अनुदानको व्यवस्था गरिनुका साथै प्रमुख बस्तीहरुमा सुपथ मूल्यमा सहकारी पसल संचालन गर्न प्रोत्साहन गरिनेछ ।
४९ सबै नागरिकहरुमा बैंक तथा वित्तीय साक्षरता अभिवृद्धि गर्न सघन रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरिनेछ ।
५०. गाउँपालिकाभित्र संचालन हुने यातायातका साधनहरुको भाडादरमा एकरुपता कायम गर्न उपयुक्त स्थानीय भाडादर निर्धारण गरिनेछ । साथै गाउँपालिका भित्रका निर्माण सामग्री र श्रमको उपयुक्त ज्याला तथा दर रेट निर्धारण गरिनेछ ।
५१. जनसांख्यिक, प्राकृतिक, आर्थिक, सामाजिजक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैंगिक सशक्तिकरण सूचकांक, राजश्व तथा आय–व्ययसमेतको तथ्याङ्क संकलन र प्रशोधन गरी नवीनतम् प्रविधियुत्तः र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पाश्वचित्र तथा स्रोत नक्साको अद्यावधिक अभिलेखन गरिनेछ ।
श्रम तथा रोजगारी
५२. लकडाउनको कारणले रोजगारी गुमाई असहज अवस्थामा पुगेका असंगठित क्षेत्रका मजदूरहरु एवं असहायहरुलाई राहत बितरण गर्ने कार्यलाई आवश्यकता अनुसार निरन्तर अगाडि बढाइनेछ ।
५३.कोरोना भाइरसका कारण वैदेशिक रोजगारीबाट घर फर्किएका वा रोजगारी गुमाएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर गाउँपालिकाका समग्र गतिविधिहरु संचालन हुनेछन् ।
५४. गाउँपालिकामा संचालन हुने विकास निर्माणमा कार्यहरुमा स्थानीय स्रोत साधनको आदर्शतम् परिचालन गरिनेछ । साथै स्थानीय सीप र श्रमको प्रयोगमार्फत् रोजगारीका अवसरहरु सृजना गरिनेछ ।
५५. गाउँपालिका भित्रका वेरोजगार युवाहरुको लगत संकलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध गराई न्यूनतम् १ सय दिनको रोजगारी प्रत्याभूत गरिनेछ । रोजगारमूलक कार्यक्रमका माध्यमबाट गरिबी न्यूनिकरण गर्न ‘एक घर एक रोजगार कार्यक्रम’लाई यसै कार्यक्रममा आवद्ध गरिनेछ ।
५६. युवाहरुलाई स्वरोजगार बनाउनका लागि सीपमूलक तालीमहरु प्रदान गरी सीपको प्रमाणपत्र प्रदान गरिनेछ ।
५७. गाउँपालिका भित्र विभिन्न विपत्जन्य घटनाबाट पीडित हुन पुगेका व्यक्तिहरुको उद्दार तथा व्यवस्थापनको लागि युवाहरु परिचालन गरिनेछ ।
गरिबी निवारण
५८. ‘समृद्धि र विकास निर्माणको आधार ः महिलाको क्षमता विकास’ नारालाई कार्यान्वयन गर्दै गाउँपालिका क्षेत्रभित्र महिला सशक्तिकरणका साथै उद्यमशीलताको विकास गर्न ‘उपाध्यक्षसँग महिला सशक्तिकरण कार्यक्रम’ संचालन गरिनेछ ।
५९.गरिबी निवारण कोषसँग सहकार्य गरी सामुदायिक संस्थाहरुमार्फत् सामाजिक परिचालन, क्षमता विकास, आय आर्जन, ग्रामीण सामुदायिक पूर्वाधार र सहकारी विकासका कार्यक्रमहरु अगाडि बढाइनेछ । ‘गरीबसँग विश्वेश्वर’ कार्यक्रमलाई यसै कार्यक्रमसँग आवद्द गरिनेछ ।
सामाजिक क्षेत्र
शिक्षा युवा तथा खेलकुद
६०. गाउँपालिका भित्रका सबै बालबालिकालाई आधारभूत तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराई ‘पूर्ण साक्षर गाउँपालिका’ बनाउने नीति अवलम्बन गरिनेछ ।
६१. कोरोना भाइरसका कारण भएको लकडाउनबाट शिक्षा क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । बालबालिकामा निरन्तर अध्ययन गर्ने बानी बसाउनको लागि वैकल्पिक माध्यमबाट आवश्यक सजगतासहित सिकाई सहजिकरण गरिनेछ ।
६२. ‘सबैका लागि शिक्षा अभियान ’संचालन गरिनेछ । जसका लागि सबै विद्यालयहरुलाई बालमैत्री बनाउनुका साथै हाल कार्यान्वयनमा रहेको विद्यालय सुशासन तथा कर्मचारी व्यवस्थापन कार्यविधिको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
६३. विद्यार्थी सिकाई उपलब्धिको परीक्षण र व्यवस्थापन गरी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमार्फत् हरेक विद्यालयलाई स्मार्ट विद्यालय बनाउने प्रक्रिया अगाडि बढाइनेछ । साथै सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्हार, संचालन र व्यवस्थापनलाई विशेष जोड दिइनेछ ।
६४. माध्यमिक तहका विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति कार्यक्रमलाई अध्यक्षज्यूको ‘भवबहादुर अक्षय कोष’सँग तादाम्यता मिलाई प्रभावकारी रुपमा लागु गरिनेछ । आवासीय गैरआवासीय छात्रवृत्ति प्रदान गरिनेछ ।
६५.गाउँपालिका भित्र स्थायी बसोबास भई स्नातक तह अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निश्चित मापदण्डका आधारमा सार्वजनिक सूचनामार्फत् छात्रवृत्ति प्रदान गरिनेछ ।जिल्ला भित्रका सामुदायिक क्याम्पसमा अध्ययन अध्यापन हुने संकायहरुका लागि जिल्ला भित्र नै र जिल्लाभित्र अध्ययन नहुने संकायहरुका लागि देशैभर अध्ययनरत विद्यार्थीहरुले भाग लिन पाउनेगरि निश्चित मापदण्ड तोकिनेछ । छात्रवृत्तिमा अध्ययनपश्चात गाउँपालिका भित्रका विद्यालयहरुमा अनिवार्य सेवा गर्नुपर्ने गरी छात्रवृत्तिमा अनुबन्धित गरिनेछ ।
६६. परम्परागत विद्यालय, वैकल्पिक विद्यालय, साक्षरता र निरन्तर शिक्षाजस्ता अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम संचालन गरी शैक्षिक पहुँच सुनिश्चितता गरिनेछ ।
६७. विद्यालयहरुमा छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड बितरण गरिनेछ । तोकिएका विद्यार्थीहरुको विा खाजाका लागि विद्यालयलाई अनुदान तथा सार्वजनिक विद्यालयका विद्यार्थीहरुका लागि निःशुल्क पाठ्यपुस्तक अनुदानको कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिनेछ ।
स्वास्थ्य तथा जनसंख्या
६८.विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड–१९)को सम्भावित संक्रमणको जोखिमलाई न्यूनिकरण गर्नको लागि गाउँपालिकाबासीहरुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सो को लागि अत्यावश्यक स्वास्थ्य सामग्री तथा औषधि खरिद गरिनेछ । मापदण्ड अनुसारको क्वारेण्टिन व्यवस्थापन, स्वयंसेवक परिचालन, नागरिक सहायता कक्ष संचालनजस्ता कार्य गरिनेछ ।
६९ कोभिड–१९ लगायत विभिन्न महामारीजन्य रोगहरुको रोकथाम, नियन्त्रण तथा निगरानीको लागि सरोकारवालाहरुसँगको अन्तरक्रिया तथा च्च्त् स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।
७० स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउनका लागि स्वास्थ्य बीमा गरिनेछ ।
७१. पोषण कार्यक्रम, मातृ तथा नवशिशु कार्यक्रमअन्तर्गत आमा सुरक्षा, गर्भवति उत्प्रेरणा सेवा, न्यानो झोला र निशुल्क गर्भपतन कार्यक्रमलगायत स्वास्थ्य सामग्रीसम्बन्धि कार्यक्रमहरु संचालन गरिनेछ ।
७२. महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिनेछ ।
७३. नागरिकहरुको स्वास्थ्य बीमा गर्ने अभियानलाई सक्रियताकासाथ कार्यान्वयन गरिनेछ ।
७४. वैकल्पिक उपचार पद्दतिको रुपमा आयुर्वेद उपचार सेवालाई विकास गर्ने नीति अवलम्बन गरिनेछ । आयुर्वेद सेवा प्रवद्र्धनसम्बन्धि कार्यक्रम अगाडि बढाइनेछ ।
७५. आर्थिक स्थिति कमजोर रहेका, पुनः उपचारमा रहेका पीबीसी बिरामीहरुलाई उपचार अवधिभर पोषण खर्च तथा सम्पर्क परीक्षणको व्यवस्था गरिनेछ ।
७६.पशुपक्षी आदिबाट हुने इन्फुएन्जा, बर्डफ्लु, ब्ःच् ,सिष्टिसर्कोसिस,टक्सोप्लाज्मोसिस आदि विभिन्न सरुवा रोगसम्बन्धि रोकथाम एवं नियन्त्रणको लागि सचेतना कार्यक्रम संचालन गरिनेछ ।
७७. विद्यालय स्वास्थ्य शिक्षा,आमा समूह तथा स्थानीय तहमा स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तन प्रवद्र्धन अभियान सम्पन्न गरिनेछ ।
७८.स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविकाका लागि आधारभूत तथा आकस्मिक सेवाअन्तर्गत आँखा, नाकm कान, नाक, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धि प्राथमिक उपचारबारे अभिमुखीकरण÷तालीम संचालन गरिनेछ ।
७९.स्वास्थ्य संस्थामार्फत् वितरण हुने औषधिको स्टोरलाई व्यवस्थित गरिनेछ ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण
८०. जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति,विधवा, दलित बालबालिकालगायतलाई नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्रत्याभूत गरिँदै आएकोमा आर्थिक र सामाजिक रुपमा जोखिममा रहेका नगारिकहरुलाई सुरक्षा प्रदान गर्न तथा सभ्य र लोककल्याणकारी राज्य व्यवस्थाका लागि गाउँपालिका अध्यक्ष सामाजिक सुरक्षा,संरक्षण तथा बचाउ कार्यक्रम संचालन गरिनेछ ।सामाजिक सुरक्षा भत्तालाई सबै वडाका बैंकिङ प्रणालीमा आवद्ध गरिनेछ । जसमा आर्थिक सहायता, तत्काल राहत÷उद्धारका कार्यहरु सम्पन्न हुनेछन् ।
८१. जेष्ठ नागरिकहरुलाई सम्मानित र मर्यादित जीवन जिउने आधार सिर्जना गरिनेछ । प्रत्येक वडामा जेष्ठ नागरिक सम्मान कार्यक्रम संचालन गरिनेछ ।
८२. महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक तथा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको तथ्याङ्क संकलन तथा अद्यावधिक गरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पठाउने अभियानको सुरुवात गरिनेछ । साथै समाजमा रहेका कुरिति, कुप्रथा,लैंगिक हिंसा, मानव बेचविखन तथा ओसारपसार,धुमपान, मद्यपान, सूर्तिजन्य पदार्थ र लागूपदार्थविरुद्ध सचेतनामूलक कार्यक्रमलाई ‘हाम्रो समाज राम्रो समाज अभियानका’ रुपमा संचालन गरिनेछ ।
८३. गाउँपालिका भित्र रहेका अपाङ्गता भएका÷फरक क्षमताका व्यक्तिहरुलाई कार्यविधिको अधिनमा रही अपाङ्गता परिचयपत्र वितरण गरिनेछ । अपाङ्गता भएका व्यक्तिहरुको हकहित संरक्षणको लागि विशेष व्यवस्था गरिनेछ ।
खानेपानी तथा सरसफाई
८४.गाउँपालिका भित्रका नागरिकहरुलाई सफा र स्वच्छ पिउनेपानी उपलब्ध गराउन जनतासँगको सहलगानीमा खानेपानी आयोजनाहरु संचालन गरिनेछ ।
८५. पपानीको मुहानहरुको संरक्षण एवं आवश्यक अन्य केही ठाउँमा लिफ्ट प्रविधिको पूर्वाधारहरु तयार गर्ने प्रक्रिया अगाडि बढाइनेछ । हाल कार्यान्वयनमा रहेको ‘एक घर, एक धारा’ खानेपानी आयोजनालाई गाउँपालिकाभर बिस्तार गर्दै लगिनेछ ।
मेला महोत्सव व्यवस्थापन
८६. जिल्ला प्रहरी कार्यालय र स्थानीय सरकारबीच समन्यवमा संचालन गरिँदै आएको लागुपदार्थ दुव्र्यसन रोकथामसम्बन्धि कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ । त्यस्तै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीचको आपसी साझेदारीमा तयार गरिएका जिल्ला भित्र संचालन गरिने मेला÷ महोत्सवसम्बन्धि कार्यविधिको अभिन्न अंगको रुपमा ग्रहण गरी स्थानीय मेला तथा महोत्सवलाई प्रभावकारी रुपमा नियमन गरिनेछ ।
पूर्वाधार विकास
भौतिक योजना र पूर्वाधार विकास
८७.विगतबाट पाठ सिक्दै आगामी आर्थिक वर्षमा टुक्रे योजना तथा कार्यक्रम पूर्णतयाःनिरुत्साहित गर्दै ‘एक वडा, एक गौरवको आयोजना’संचालन गरिनेछ । आर्थिक वर्षको अन्त्यतिर हुने चापलाई न्यून गराउनका लागि योजना सम्झौताका कार्यहरुलाई श्रावणबाट सुरु गरिनेछ । साथै गौरवका आयोजना र मेसिनरी उपकरणहरु आवश्यक पर्ने योजनाहरुलाई यथासम्भव ठेक्का प्रक्रियामार्फत् सम्पन्न गरिनेछ । ठेक्कामार्फत् सम्पन्न हुने योजनाहरुमा समेत स्थानीय श्रम र सीको प्रयोग गर्न सहजिकरण गरिनेछ ।
८८.गाउँपालिका भित्र विगतदेखि संचालित क्रमागत योजनाहरुलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ भने मर्मत सम्हार कोषलाई आवश्यक कार्यविधि बनाई व्यवस्थित बनाउँदै लगिनेछ ।
८९. गाउँपालिकाका गौरवका आयोजनाहरुलाई समयमा नै सम्पन्न गर्नको लागि आवश्यक प्रबन्ध गरिनेछ ।
९०.जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारबीचको समन्वयमा एक वार्ड एक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ । यसलाई आगामी आर्थिक वर्षमा वडा नम्बर १,२,३ मा छिट्टै सम्पन्न गरिनेछ ।
सडक तथा पुल
९१. गौरवको आयोजनाको रुपमा दग्नाम–चिमखोला कुइनेमंगले मोटरबाटो तथा कालोमुडा–रायखोर मोटरबाटो निर्माणको कार्य अगाडि बढाइनेछ । यसका लागि गण्डकी प्रदेश सरकारसँग साझेदारी गरिनेछ ।
९२. गौरवकै आयोजनाका रुपमा वडा नंबर १ मा झोलुङ्गेपुलदेखि भुमेस्थानसम्म पदयात्रा तथा मोटरबाटो निर्माणको काम गरिनेछ ।
९३. यस आ.व.मा समेत कार्य भइरहेको झीँ–पाखापानी सडकको थप स्तरोन्नति र कालोपत्रेको कार्य अगाडि बढाइनेछ । प्रदेश सरकारसँगको सहलगानीमा उक्त बाटो सम्पन्न गरिनेछ ।
९४.तुंदी हाइड्रोपावर र उपल्लो ठूलोखोला हाइड्रोपावरसँग सहकार्य गरी चिमखोला–बगरखोला र राहुघाट–ध्यासीखर्कमा मोटरेबल पुल निर्माण गरिनेछ ।
९५. झीँ टोड्के मोटरबाटोको विस्तृत परियोजना प्रतिवेदन सम्पन्न भएकाले उक्त बाटो निर्माणको लागि संघीय सरकारसँग आवश्यक पहल गरिनेछ ।
९६.झोलुङ्गे पुलमार्फत् छरिएर रहेका बस्तीबीचको दूरी कम गरी सामाजिक आदान–प्रदान तथा प्रशासनिक सुगमताका लागि झोलुङ्गेपुल निर्माणमा नेपाल सरकार तथा प्रदेश सरकारसँग आवश्यक सहलगानी तथा समन्वयन गरिनेछ ।
भवन
९७. गाउँपालिकाको जग्गा व्यवस्थापनको कार्य यसै आर्थिक वर्षमा सम्पन्न हुने भएकाले उक्त जग्गामा आगामी आ.व. भित्रै बहुउद्देश्यीय सभाहल निर्माण कार्य सम्पन्न गरिनेछ । विस्तृत परियोजना प्रतिवेदन सम्पन्न भइसकेकाले अस्पताल र प्रशासकीय भवन निर्माण प्रक्रिया अगाडि बढाइने छ ।
९८. वडा नं. ५ झीँ वडा कार्यालयको लागि जग्गा खरिद प्रक्रिया आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।साथजै वडा कार्यालयहरुलाई व्यवस्थित गर्ने प्रक्रियालाई क्रमशः अगाडि बढाइनेछ ।
९९.गौरवको आयोजनाको रुपमा वडा नम्बर ५ मा समाजघर निर्माण तथा वडा नम्बर ३ मा टे«निङ सेण्टर निर्माण गरिनेछ ।
विद्युत
१००.गाउँपालिका भित्र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा संचालनमा रहेको राहुघाट जलविद्युत आयोजना समयमा नै सम्पन्न गर्न स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग एवं समन्वय गरिनेछ । साथै गाउँपालिका मित्र अन्य जलविद्युत उत्पादनको सम्भाव्यता अध्ययन गरी ‘उज्यालो रघुगंगा’ निर्माण गर्न जलविद्युतमा समेत साझेदारीमा लगानी गरिनेछ ।
जलविद्युत तथा वैकल्पिक उर्जा
१०१. बायोग्याँस, बायोमास, सौर्य उर्जालगायत वैकल्पिक उर्जाको प्रवद्र्धन र परिप्रयोगको व्यवस्था गरिनेछ ।
१०२.घना बस्तीहरुमा सौर्य उर्जाको प्रयोग गरी चोक तथा सार्वजनिक स्थलहरुलाई उज्यालोमा परिणत गर्दै उज्यालो सहरको कार्यक्रम विकसित गरिनेछ ।
सहरी योजना र विकास
१०३. कुइनेमंगलेको चौरखानीजस्ता जोखिमयुक्त बस्ती पहिचान गरि सुगम यातायातको व्यवस्थासहितको एकिकृत सामूहिक आवासको व्यवस्था गर्ने नीति लिइनेछ ।
१०४.सुकुम्बासी तथा विपन्न नागरिकको पहिचान र अभिलेख व्यवस्थापनलाई व्यवस्थित गरी सुकुम्बासी तथा विपन्न नागरिकसम्बन्धि जीविकोपार्जन र बसोबासको व्यवस्थापनको लागि उचित प्रबन्ध गरिनेछ । साथै कार्यान्वयनमा रहेको ‘गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन तथा आवास सुधार कार्यक्रम’लाई थप प्रभावकारी बनाइनेछ ।
१०५. गाउँपालिकाबाट नक्सा पास नगरि घर तथा भौतिक संरचना निर्माण गर्ने र स्वीकृत मापदण् विपरित निर्माण कार्य गरिएका संरचनाहरुलाई विशेष व्यवस्थासहित कानूनी दायरामा ल्याई त्यस्ता कार्य गर्नेलाई निरुत्साहित गरिनेछ । गाउँपालिकाले तोकेको सडकको अधिकार क्षेत्रभित्र बनेका संरचना जुनसुकै बखत हटाइनेछ ।
१०६. गाउँपालिका भित्र सम्पन्न भइसकेका सडक पूर्वाधारहरुको लगत कट्टा गर्ने नीति अवलम्बन गरिनेछ । १०७. ढल निकास र फोहरमैला व्यवस्थापनका लागि तयारी गरिनेछ ।
बन, वातावरण तथा विपद् व्यवस्थापन
१०८.वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र वृक्षरोपण, पालिकाको सौन्दर्यता र सो को संरक्षण, भू–संरक्षण तथा जल उत्पन्न प्रकोप नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिनेछ ।
१०९.स्थानीय स्तरमा विपद् पूर्वतयारीतथा प्रतिकार्य योजना, पूर्वसूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्वभण्डारण, स्थानीय तटबन्ध, नदी र पहिरो नियन्त्रण,विपद् जोखिम क्षेत्रको नक्सांकन तथा बस्तीहरुको पहिचान र स्थान्तरण गरिनेछ ।विपद् व्यवस्थापनका लागि वडा÷वडामा गठित विपद् व्यवस्थापन समितिलाई थष्प क्रियाशिल बनाउँदै युवा परिचालनका लागि‘गाउँपालिका अध्यक्षसँग युवा कार्यक्रम’ संचालन गरिनेछ ।
भूमि व्यवस्था
सार्वजनिक तथा सहकारी सम्पत्तिको अभिलेख राखी संरक्षण र सदुपयोग गरिनेछ । यसका लागि गाउँपालिकामा गठित सार्वजनिक तथा सरकारी जग्गा संरक्षण समितिलाई थप क्रियाशिल बनाइनेछ । वि.सं. २०७६–२०७८ लाई सार्वजनिक सम्पत्ति जग्गा संरक्षण वर्ष अभियानका रुपमा अगाडि बढाउने गरी आ.व. २०७६/०७७ देखि कार्यान्वयनमा रहेको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१११.गाउँपालिका भित्र रहेको गुठीको समस्यालाई यथाशीघ्र संवोधन गर्न प्रदेश सरकारमार्फत् नेपापल सरकारसमक्ष आवश्यक पहल गरिनेछ ।
११२.गाउँपालिका भित्र व्यक्तिको स्वामित्वमा रहेका सम्पूर्ण जग्गाहरुको उपयुक्त न्यूनतम् मूल्याङ्कन दर कायम गरिनेछ ।
सुशासन तथा संस्थागत क्षमता विकास
संगठन संरचना, दरबन्दी
११३.रघुगंगा गाउँपालिकाको मितव्ययी सांगठनिक स्वरुप तथा दरबन्दी संरचना निर्माण गरी स्वीकृत दरबन्दी संरचनाभन्दा थप व्ययभार नपर्ने गरि प्रशासनिक संरचना खडा गरिनेछ ।
सुशासन र सेवा प्रवाह
११४.योजनाहरुको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन तथा सुपरीवेक्षणका लागि पालिकास्तर र योजना स्तरमा रहने अनुगमन समितिहरुलाई क्रियाशिल बनाइनेछ । वडास्तरमा रहने अनुगमन समितिहरुलाई अmभै क्रियाशिल बनाइनेछ ।
११५.गाउँपालिकाको कार्यालयमा अतिरिक्त समयमा खटिई काम गरेको खण्डमा प्रमुख प्रशासकीय अधिकृत र निजको निर्देशन बमोजिम खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ताको व्यवस्था गरि मनोबल उच्च तुल्याउँदै उत्पादकत्व वृद्धि गरिनेछ ।
११६.गाउँ कार्यपालिकाको कार्यालय र सो अन्तर्गतका कार्यालयहरुको प्रशासनलाई सेवाग्राही मैत्री, चुस्तदुरुस्त, छिटोछरितो, मितव्ययी,पारदर्शी, जवाफदेही र निष्पक्ष बनाई सेवा प्रवाहमा सर्वसाधारणको सरल, सहज र समावेशी पहुँच सुुनिश्चित गरिनेछ ।
११७. आगामी आथर््िक वर्षका लागि तय भएका योजना तथा कार्यक्रमहरु सबै प्रक्रिया पूरा गरि पौष मसान्तभित्र सम्झौता कार्य सम्पन्न गरिनेछ ।
११८.गाउँपालिकाका अध्यक्षले वडाध्यक्षसँग र प्रशासकीय अधिकृतले शाखा प्रमुखहरुसँग मापनयोग्य सूचकहरुसहित कार्यसम्पादन सम्झौता गरी सम्बन्धित पदाधिकारीहरुलाई नजितप्रति थप जवाफदेही बनाइनेछ ।साथै कार्यसम्पादनमा आधारित करार सेवा पद्धति अवलम्बन गरिनेछ ।
११९. कृषिलगायत विकासका पक्षहरुमा व्यापक छलफल तथा स्थानीय सरकारका कामकारबाहीमा एकरुपता एवं सामाजस्यता कायम गर्न कोभिड–१९ को सन्त्रास कम हुनासाथ नै जिल्ला भित्रका अन्तर स्थानीय सरकारका बीचमा वृहत अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ ।
१२०.म्याग्दी जिल्ला हिमाली जिल्ला घोषित भएसँगै गाउँपालिकाको जनसंख्या, भूगोल,प्रशासनिक सुगमता, पूर्वाधार विकासको अवस्था, अािर्थक सक्षमता, प्राकृतिक स्रोत साधनको उपलब्धता, भाषिक, सांस्कृतिक तथा सामुदायिक बनोटको आधारमा रघुगंगा गाउँपालिकामा एकवटा गाउँपालिका थप गर्न प्रदेश सरकारमार्फत् नेपाल सरकारसमक्ष प्रस्ताव पेश गरिनेछ ।
संस्थागत व्यक्तिगत र संशाधन विकास
१२१. विषयगत समिति, गाउँसभाका सदस्यहरु र कर्मचारीको क्षमता अभिवृद्धि गरि विकास र सेवा प्रवाहमा गुणस्तर कायम गर्न तालिम, प्रशिक्षण र अभिमुखीकरणका साथै भ्रमण अवलोकन गराइनेछ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्नको लागि देश दर्शन अभियानअन्तर्गत कर्मचारीहरुलाई सामूहिक रुपमा वर्षमा सात दिन खर्चसहितको आन्तरिक पर्यटन काजको व्यवस्था गरिनेछ ।
१२२. विवाद समाधानको लागि मेलमिलाप तथा मध्यस्थता सेवालाई न्यायिक समितिमार्फत् थप प्रभावकारी बनाइनेछ ।वडामा स्थापना गरिएका मेलमिलाप केन्द्रलाई मेलमिलापमार्फत् विवाद समाधान गरी शान्ति स्थापना गर्ने केन्द्रको रुपमा विकसित गरिनेछ ।
१२३.मेलमिलापकर्ताको लागि पुनर्ताजगी तालिममार्फत् क्षमता अभिवृद्धि गरिनेछ । न्याय सम्पादनको क्रममा आवश्यक पर्ने इजलास कक्षको निर्माण गरिनेछ ।
१२४. गाउँसभाका सदस्यहरु,विषयगत समितिहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक प्रबन्ध गरिनेछ ।
वित्तीय अनुशासन र पारदर्शीता
१२५. भ्रष्टाचारजन्य क्रियाकलापहरुमा शुन्य सहनशीलताको नीति अवलम्बन र्गै भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने आधार सृजना गरिनेछ ।
१२६. समृद्ध रघुगंगा निर्माणका लागि यस गाउँपालिकाको प्रशासनलाई निष्पक्षता, तटस्थताको,प्रतिपद्धताको सिद्धान्तप्रति समर्पित गराइनेछ ।
१२७.गाउँपालिका भित्र सदाचारिता, नैतिकता, मितव्ययिता,कुशलता, प्रभावकारिता झल्कने गरि कार्य गर्ने कर्मचारीलाई ‘गाउँपालिका उत्कृष्ट कर्मचारी पुरस्कार’बाट सम्मानित गरिनेछ ।
सार्वजनिक सुनुवाई
१२८. गाउँपालिकाका आर्थिक,प्रशासनिक विकास निर्माणलगायतका विषयमा जनगुनासो सम्वोधन र जनअपेक्षा बमोजिम अगाडि बढ्ने प्रयोजनका लागि सार्वजनिक सुुनुवाई सम्पन्न गरिनेछ ।
आन्तरिक लेखापरीक्षाया र आन्तरिक नियन्त्रण प्रणाली
१२९.कार्यालयको लेखा प्रणालीलाई त्रुटिरहित बनाउनका लागि आन्तरिक लेखा परीक्षण र आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी रुपले कार्यान्वयन गरिनेछ ।
अन्तिम लेखा प्रणाली र बेरुजु फछ्यौट
१३०.अन्तिम लेखा परीक्षणले औंल्याएका त्रुटिहरु सुधार गरि फछ्यौटका लागि आवश्यकता अनुसार गाउँसभा समक्ष पेश गरिनेछ र समयै समपरीक्षण गरि बेरुजु पछ्यौटको व्यवस्था गरिनेछ ।
पञ्जीकरणको व्यवस्था
१३१.गाउँपालिका भित्रका व्यक्तिगत घटनाहरुको समयमै दर्ता गर्ने पद्दतिको विकास गरिनेछ । सो सम्बन्धमा सेचतनाका कार्यक्रम समेत संचालन गरिनेछ । पञ्जिकरणसम्बन्धि कार्यहरु व्यवस्थित रुपबाट अगाडि बढाइनेछ ।
विद्युतीय सेवा तथा सूचना प्रविधि र संचार
१३२.सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित गराई स्मार्ट गाउँपालिका बनाइनेछ । इण्टरनेट बिस्तारको कार्यलाई अगाडि बढाइनेछ ।
१३३.सूचना प्रवाहमा पत्रकारिताको व्यापक प्रयोग गर्न पत्रकारिता प्रवद्र्धन कार्यक्रम संचालन गरिनेछ । साथै उत्कृष्ट पत्रकारिता गरी हाम्रो समृद्धिको यात्रामा सहयोग प्रदान गर्ने पत्रकारलाई उचित सम्मान गरिनेछ ।
१३४. सामाजिक सञ्जालमा व्यक्त हुने अमर्यादित तथा असभ्य व्यवहारलाई निरुत्साहित गर्दै सभ्य समाज निर्माणमा जोड दिइनेछ ।
१३५. पारदर्शी सरकार निर्माणमा जोड दिन गाउँपालिकाको डकुमेण्ट्री निर्माण तथा रेडियो कार्यक्रममार्फत् ‘हाम्रो रघुगंगा, राम्रो रघुगंगा र रघुगंगाको सेरोफेरो’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
गाउँसभाका सदस्यहरु
१३६.यी नीति तथा कार्यक्रमको कार्यान्वयनबाट ‘समृद्ध रघुगंगा, सुखी रघुगंगाबासी’को गन्तव्यमा पुगी समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रो सरकारका प्रत्येक कार्यहरुको केन्द्रविन्दु आम नागरिक हुनेछन् । सबैलाई समान अवसर, समान अधिकार,उत्तिकै सुरक्षा, उत्तिकै सम्मानको प्रत्याभूति गरिनेछ ।
१३७. समृद्ध रघुगंगाः सुखी रघुगंगाबासी नाराका सबै क्षेत्र तथा आयामहरु समृद्ध नेपाल : सुखी नेपालीसँग तादाम्यता हुने गरी कायम गरिएको छ । हरेक स्थानीय तहले सो लाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउँदा नेपाल सरकारको लक्ष्य अवश्य पूरा हुनेमा विश्वस्त छु ।
१३८.अन्त्यमा ,प्रस्तुत नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनको लागि सबैको सहकार्य र स्वामित्व अपरिहार्य छ । यसमा सफल कार्यान्वयनका लागि सम्पूर्ण सरकारी निकाय, राजनीतिक दलहरु, संघ/संस्थाहरु, निजी तथा सहकारी क्षेत्रलगायत सबैको सद्धभाव र सहयोग हुनेमा विश्वस्त छु ।
जय रघुगंगाबासी !
जय रघुगंगा गाउँपालिका !
भवबहादुर भण्डारी
गाउँपालिका अध्यक्ष





