शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पुतलीबजारद्वारा मानव सेवा आश्रमलाई सहयोग

पुतलीबजारद्वारा मानव सेवा आश्रमलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • साउन २ २०७७, शुक्रबार

स्याङ्जा, २ साउन– पुतलीबजार नगरपालिकाले पोखरामा रहेको मानव सेवा आश्रमलाई आर्थिकसहित खाद्यान्न सहयोग गरेको छ । पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सीमा कुमारी क्षत्रीले आश्रम पोखराले बिभिन्न प्रकारका मानिसहरुलाई सेवा गर्दै आएकोले मानव सेवा आश्रमको त्यो कार्यमा थोरै भएपनि सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाको तर्फबाट सहयोग गरेको बताइन् ।
मानव सेवा आश्रम गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनालाई ५० हजारको चेकसहित २५ बोरा चामल, २ काटुन तेललगायत खाद्य सामग्री हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । पोखरामा रहेको मानव सेवा आश्रमले बेसाहारा बनेका, मानसिक सन्तुलन गुमाएर सडकमा बेबारिसे बनेकाहरुलाई सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->