सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ब्रोइलर विस्थापित, लोकलमा जोड

ब्रोइलर विस्थापित, लोकलमा जोड


  • Dhorpatan News
  • साउन ११ २०७७, आइतबार

बागलुङ, ११ साउन– ब्रोइलर र अन्य विकासे कुखुराको साटो बागलुङका एक किसानले स्थानीय जातका कुखुरा पाल्न थालेका छन् । बागलुङ नगरपालिका वडा नं. ३ रात्माटाका किसान बैकुष्ठ सापकोटाले लोकल जातका कुखुरापालनमा जोड दिएका हुन् ।
उनले लोकलसहित कडकनाथ, बट्टाइजस्ता प्रजातीमा जोड दिएर व्यवसायिक पालन गरिरहेका हुन् । चल्ला, दाना र औषधिसमेत बाहिरबाट मगाउँदा धेरै खर्च भैरहेकोले सापकोटाले स्थानीय रुपमा उत्पादन बढाउने, स्थानीय उत्पादनकै दाना बनाउने लगायतको काम पनि थालेका छन् ।
बारीमा अर्गानिक तरकारी र खोरमा स्थानीय जातका कुखुरा पाल्दा आम्दानी बाहिर नजाने उनको तर्क छ । साथै, आम उपभोक्ताले अव विकासेभन्दा स्थानीय उत्पादन रोज्न थालेपछि उनले पनि ग्राहककै चाहनाअनुसारको कुखुरापालन गरेको बताए ।
झण्डै एक हजार कुखुरा उनको खोरमा नियमित हुन्छन् । ती कुखुराको माग अत्याधिक बढेको छ । त्यसैले खोरको क्षमता बढाएर थप्ने योजनामा छन् । स्थानीय जस्तै उनको खोरमा ‘कडकनाथ’ जातका कुखुरा पनि छन् । कालो जातको यो कुखुरा जंगली कालिजजस्तै हुन्छ । चरन मन पराउ“छ । बजारमा उक्त कुखुराको मासु २ हजार ५ सय रुपैया“ प्रतिकेजीसम्ममा बिक्छ । ‘कालो रंग र मासु पनि कालै हुन्छ, तर रक्तचाप, मुटु र पेटसम्बन्धी रोगका विरामीलाई राम्रो गर्छ’ सापकोटाले भने, ‘अब लोकल कुखुरा र कडकनाथको फरक–फरक उत्पादन बनाउने तयारी गरेको छु ।’
स्थानीय जातका कुखुरा टाढासम्म बिक्री भैरहेको छ । ‘रसुवामा पनि माग भएको छ, केही समयमा गाडीमा पठाउने तयारी छ’ सापमोटाले भने, ‘अब मानिसले ब्रोइलरभन्दा स्थानीय जात र उन्नत जात खोज्न थालेका छन् ।’ भालेको मूल्य अझै बढी पर्ने गरेको छ । कडकनाथको महत्व बुझेपछि टाढा टाढाबाट माग भैरहेको उनले बताए ।
बट्टाइ पनि उनले पालेका छन् । चरो प्रजाती भएकोले बट्टाइको मासु बढी मिठो र मूल्य पर्ने हुन्छ । बजारमा ब्रोइलरको तुलनामा स्थानीय जातलाई महंगोमा बेच्न सकिन्छ । स्थानीय जातको कुखुरालाई दानामा आधामात्र खर्च हुन्छ । बारीको कलिलो घा“स पनि खुवाउन सकिन्छ । घरैमा फलाउने धान, मकै र गहु“ तथा भटमास पनि खाने भएकोले सहजै पाल्न सकिने उनले बताए ।
केही समयदेखि सापकोटाले घरमै ह्याचरी मेसिन भित्राएका छन् । यो ह्याचरीमा २१ दिनमा १ हजारबढी चल्ला उत्पादन गर्न सकिन्छ । बागलुङमा अन्यत्र ह्याचरी नभएकोले अन्य फर्मले पनि चल्ला उत्पादनका लागि आग्रह गर्छन् । त्यसैले उनलाई फर्मको काम गर्दैमा फूर्सद छैन ।
केही वर्षअघिसम्म सापकोटा गैरसरकारी संस्थामा काम गर्थे । तर उनले त्यहाँ माटो र पशु उत्पादनबारे चासो राखे । त्यहीँबाट धेरै कुरा जान्ने मौका पनि पाए । उनी प्राविधिक प्रमाणपत्रधारी किसान समेत हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->