शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका थप १८ जना प्रहरीमा कोरोना स‌ंक्रमण

स्याङ्जाका थप १८ जना प्रहरीमा कोरोना स‌ंक्रमण

कोरोना संक्रमण थप पुष्टि भएसंगै जिल्ला प्रहरी कार्यालय नै सिल


  • हिमलाल पराजुली
  • साउन १२ २०७७, सोमबार

स्याङ्जा, १२ साउन – जिल्ला प्रहरी कार्यालय स्याङ्जाका थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले वताए । प्रनाउ अधिकारीका अनुसार यसअघि साउन ६ गते तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्ला प्रहरी कार्यालयमा मात्रै कोरोना संक्रमित हुने प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ ।
‘सोमबार थप १८ जनामा संक्रमण पुष्टि भएको छ । साउन ७ र ८ गते ४ जना थुनुवासहित ९८ जनाको स्वाब संकलन गरिएको थियो, प्रनाउ अधिकारी भने, ‘तीमध्ये ३५ जनाको रिपोर्ट आउँदा १८ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको हो । अन्यको रिपोर्ट आउन बाँकी छ ।’
यसअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा सर्वसाधरण सेवाग्राहीलाई प्रवेश निषेध गरेर स्वाब संकलन गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमण थप पुष्टि भएसंगै गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय जिल्ला प्रहरी कार्यालय नै सिल गरेको जानकारी दिएको छ । संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई भिरकोट नगरपालिका-१ मा रहेको कालीका सामुदायिक अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->