बागलुङ, १३ साउन– गण्डकी प्रदेशमा मंगलबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ४ सय ३० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदबिन्दु शर्माले यसको पुष्टि गरेका छन् ।
उनका अनुसार, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणमा २ जिल्लाका ३१ जनामा संक्रमण भएको पुष्टि भएको हो । संक्रमितहरु बागलुङको निसीखोला गाउँपालिकाका ५ जना, बरेङ गाउँपालिकाका १ जना र स्याङ्जाको पुतलीबजार नगरपालिकाका २० जना, वालिङ नगरपालिकाका १ जना र अर्जुन चौपारी गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुतलीबजार नगरपालिकाका संक्रमितमध्ये २ जना ५७ र २३ वर्षिया महिला रहेका छन्भने बाँकी सबै पुरुष हुन् । संक्रमितहरु २२ देखि ५७ बर्ष उमेर समुहका छन् ।





