स्याङ्जा, १४ साउन – जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा कोरोनाको संक्रमण बढ्दै गएको छ । सुरुमा १ महिला सहित ३ जना प्रहरीमा देखिएको कोरोना संक्रमण बुधवारसम्म आइपुग्दा ३८ जना प्रहरीसम्म पुगेको छ ।
सोमबार एक जना महिला सहित १८ जनामा देखिएको संक्रमण मंगलबार १६ जना र आज थप १ जना प्रहरी जवानमा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेका एक ब्याक्तिसंग सुरक्षाकर्मीका २८ महिने बच्चामा समेत कोरोनाको संक्रमण देखिएपछि जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा समेत फैलीएको छ ।
जिल्लाको सुरक्षाको लागि अग्रपंक्तीमा खटिएर काम गरेका प्रहरीलाई नै कोरोना देखिएपछि जिल्लामा थप कडाइ गरिएको छ । साउन ६ गते कुनै ट्रभल हिस्ट्री नभएका दुई हवल्दार र एक सिपाही सङ्क्रमित भएपछि १ सय २ जना प्रहरीको स्वाब लिएको थियो । स्वाब लिएका मध्येबाट साउन १२ गते १८ जना र साउन १३ गते १६ जना गरी ३५ जना सुरक्षाकर्मीमा कोरोना भेटिएको थियो । जिल्ला प्रहरी कार्र्यालयका प्रमुख एसपी सहित कार्यालय सहयोगीसम्मका ब्यक्तिलाई संक्रमण देखिएपछि जिल्लामा संक्रमण समुदायसम्म फैलिएको आशंकामा स्वाब परिक्षणको दायरा फराकिलो बनाउदै लगिएको छ ।
स्वाब परीक्षणको लागि पठाइएका ६ जनाको रिपोट आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र पसाद अधिकारीले जानाकारी दिए ।
हालसम्म संक्रमितको संख्या २ सय ४९ पुगेको छ भने संक्रमित मध्ये १ सय ८८ जना निको भएर घर फकेएका छन् । उपचारको क्रममा २ जनाको पोखरामा मृत्यु भएको छ । यसैबिच, साउन १२ गते पोजेटिभ देखिएका १८ जना प्रहरीको सम्पर्कमा आएका व्यक्तिहरुको बुधबार स्वाब संकलन गरिएको छ । प्रहरीका परिवार, डेरावाला, एउटै घरमा बस्ने, औषधी पसल, वित्तिय संस्थाका गरी ७३ जनाको स्वाब संकलन गरिएको पतुलीबजार नगरपालिका स्वास्थ्य साखा प्रमुख विष्णु काफ्लेले जानकारी दिए । जिल्ला अस्पतालका २ जना र प्राईभेट क्लिनिकका २ जना गरी ४ जना स्वास्थ्यकर्मीको समेत स्वाब संकलन गरिएको हो ।
साउन १३ गते पोजेटिभ देखिएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भईरहेको छ । साउन १३ गते पोजेटिभ देखिएकाहरुको सम्पर्कमा आएका व्यक्तिहरुको सोधखोज गरिएको छ भने विहिबार फेरि उनीहरुको स्वाब संकलन गरिने प्रमुख काफ्लेले बताए । अर्जुनचौपारी गाउँपालिकाका एम्भुलेन्स चालकमा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेका पत्रकार अर्जुन काफ्लेको पनि स्वाब संकलन गरिएको छ। गोरखापत्र दैनिकमा कार्यरत पत्रकार महासंघ स्याङ्जाको उपाध्यक्ष समेत रहेका काफ्ले जिल्लामा कोरोना संक्रमणको आशंकामा स्वाब लिने पहिलो पत्रकार हुन। चालकको घरपरिवार ९ जना, उनीको सम्पर्कमा आएका गरी २४ जनाको स्वाब लिईएको हो ।





