शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पुतलीबजारमा उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना

पुतलीबजारमा उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना


  • हिमलाल पराजुली
  • साउन २६ २०७७, सोमबार

स्याङ्जा, २६ साउन – पुतलीबजार नगरपालिकामा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना सुरु भएको छ । पुतलीबजार नगरपालिका-३ बाडखोलामा रहेको सूर्योदय क्लबले पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को आर्थिक सहयोगमा सो कार्यक्रम संञ्चालन गरेको हो ।
कार्यक्रमका वारेमा जानकारी गराउने उदेश्यले आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख सीमाकुमारी क्षेत्रीले यूनएनडीपीसँगको आर्थिक सहभागितामा सूर्योदय क्लबद्वारा नगरमा संचालन हुने परियोजनाले कोभिड १९ बाट प्रभावितहरुलाई सहयोग पुग्ने बताइन । परियोजनाले नगरपालिका भित्रका लक्षित परिवारलाई व्यवसायिक र उद्यमशिल बनाउने बताउँदै नगरप्रमुख क्षेत्रीले उनले कार्यक्रमलाई सफल बनाउन टोल विकास संस्थाका साथै स्थानीयलाई समेत सहयोग गर्न आग्रह गरिन ।
परियोजना अन्तरगत कृषिमा यन्त्रीकरण, व्यवसायिक तरकारी खेती तथा पशुपालन, कृषिमा आधारित आयआर्जनका कार्यक्रमहरु सहित एग्रो स्मार्ट प्रविधि मार्फत कृषि सूचना आदान प्रदान र उद्यम विकास तथा अन्वेषण केन्द्र स्थापना गरिने सुर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिए । सो कार्यक्रमबाट नगरपालिका भित्रका ५ सय ३० घर परिवार प्रत्यक्ष लाभान्वित हुनेछन । परियोजनाको अवधि १० महिनाको रहेको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->