शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मास्क लगाउन अनुरोधगर्दा कुटिए बैंकका सुरक्षागार्ड

मास्क लगाउन अनुरोधगर्दा कुटिए बैंकका सुरक्षागार्ड


  • हिमलाल पराजुली
  • भाद्र २ २०७७, मंगलबार

स्याङ्जा, २ भदौ – मास्क लगाउन अनुरोध गर्दा स्याङ्जाको चापाकोट नगरपालिका–९ मा रहेको कृषि विकास बैंकमा कार्यरत दुई जना सुरक्षा गार्ड लाई बैंकका सेवाग्रहीले कुटपिट गरेका छन् । बैंकमा पैशा निकालन आएका सेवाग्राहिलाई मास्क लगाउन अनुरोध गर्दा आँफुहरुलाई डन बताउने सेवाग्रहीले कुटपिट गरेको पीडित गार्डहरुले बताए ।
सेवाग्रहीको रुपमा बैंकमा पुगेका चापाकोट नगरपालिका ४ का ३२ वर्षीय लालबहादुर थापा र धनराज पौडेलले कुटपिट गर्दा चापाकोट नगरपालिका १ का ५७ वर्षीय देवप्रसाद श्रेष्ठ र चापाकोट १० का ४८ वर्षीय डोलराज श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बैंकको सुरक्षा गार्डमाथि हातपात गर्ने चापाकोट नगरपालिका ४ का ३२ वर्षीय लालबहादुर थापा र धनराज पौडेल कुटपिट गरि फरार भएको प्रहरीले जनाएको छ । उनीहरुलाई भगाउन सहयोग गर्ने चापाकोट ८ का ३२ वर्षीय बिमल कोइरालाको खोजी कार्यलाई तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । कुटपिटबाट घाईते भएका सुरक्षा गार्डको स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा पठाईएकोे प्रहरीले जनाएको छ । घाईते गार्डको मुख र टाउकोमा चोट लागेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->