शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पछिल्लो २४ घण्टामा ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु

शनिबार नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०७७, शनिबार

काठमाडौं, ६ भदौ– नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन जना, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेका छ ।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, शनिबार १३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ जना रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->