आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मंगलबार थपिए ८५५ संक्रमित

मंगलबार थपिए ८५५ संक्रमित

नेपालमा संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०७७, मंगलबार

काठमाण्डौ, ९ भदौ– पछिल्लो २४ घण्टामा देशभर ८ सय ५५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमका अनुसार मंगलबार २७१ जना महिला र ५८४ जना पुरुष संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज नियमित मिडिया ब्रिफिङमा बताएअनुसार आज काठमाडौंमा १ सय ९९ भक्तपुरमा १४ र ललितपुरमा १९ गरी उपत्यकामा संक्रमित थपिएका छन् । मन्त्रालय अनुसार योसँगै नेपालमा संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । त्यस्तै मंगलबारसम्म १४ हजार २ सय ५० जना आइसोलेसनमा छन् आज देशभरबाट ३ सय १३ डिस्चार्ज भएका छन् । त्यस्तै ११ हजार ३ सय २७ जनाको मंगलबार पिसिआर गरिएको छ । हाल देशभर १० हजार ४ सय ५३ क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->