शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

निजामति ब्राण्ड : स्याङ्जालीलाई नभन जाली….

निजामति ब्राण्ड : स्याङ्जालीलाई नभन जाली….

ढोरपाटन दैनिकको १८ औं बार्षिकोत्सव विशेष सामग्री


  • बाशुदेव मिश्र
  • भाद्र १२ २०७७, शुक्रबार

सरकारले ल्याएको निजामति कर्मचारी समायोजन अध्यादेशको विरुद्ध २०७५ सालमा सिंहदरबारमा नारावाजी गर्दै निजामति कर्मचारी । तस्वीर : सामाजिक सञ्जाल ।

कसैले आफ्नो घर स्याङ्जा भन्यो भने मान्छे दच्किन्छन् । स्याङ्जाली र झापालीको कथा सम्झन्छन् अनि चातुर्यतासँग कायल हुन्छन् । स्याङ्जालीमाथि जाली र फटाहासम्मका आरोप लाग्छन् । ‘स्याङ्जालीलाई नभन जाली…’ गीत त्यही आरोपको परिणाम हो । संयोग कस्तो भने, प्रधानमन्त्रीको रुपमा देश झापाली केपी ओलीले हाँकिरहेका छन् । देशको प्रशासनयन्त्र हाँक्ने उनका मुख्य सहयोगी अर्थात् मुख्यसचिव लोकदर्शन रेग्मी भने स्याङ्जाली छन् । वालिङमा जन्मेका रेग्मीअघि सो राजेन्द्रकिशोर क्षेत्री रहेका थिए । क्षेत्रीअघि कास्कीका सोमलाल सुवेदी र त्यसअघि स्याङ्जाकै लीलामणि पौडेल सरकारका मुख्यसचिव थिए ।
गण्डकीको पहाडी जिल्ला स्याङ्जाको निजामति सेवाको पर्याय हो । देशका जुनसुकै निकायका सरकारी अड्डा पुग्दा पनि त्यहाँ एउटा न एउटा स्याङ्जाली कर्मचारी भएकै हुन्छ । लाग्छ,‘स्याङ्जा कर्मचारी जन्माउने मेसिन हो ।’ ‘साच्चिकै हो, जुनसुकै मन्त्रालय र तहमा गए पनि स्याङ्जाका कर्मचारी भएकै हुन्छन्’, कस्केली अधिकृत समाजका अध्यक्ष दुर्गाबहादुर शाह‘बाबा’ भन्छन्,‘ निजामतिको उच्चतम् तह मुख्यसचिवदेखि सचिव, सहसचिव,अधिकृत र खरदारसम्मै स्याङ्जाको उपस्थिति छ ।’ संख्यामा भने ठ्याक्कै कतिजना निजामति जागिरमा छन् भन्न नसकिने उनले बताए ।
पछिल्लो जनगणना अनुसार २ लाख ८९ हजार १४८ जनसंख्या भएको स्याङ्जामा १ लाख ३१ हजार ११ जना १५ देखि ५९ वर्षसम्मका नागरिक रहेका छन् । उनीहरुसँग प्रतिव्यक्ति१ लाख ८ हजार ३३४ रुपैयाा वार्षिक उत्पादकत्व रहेको छ । एक जना स्याङ्जालीको भागमा भागमा ४ रोपनी खेतियोग्य जमिन पर्छ । कुल जनसंख्यामध्ये जिल्लामै भएका उद्योग÷व्यवसायमा करिब २३ हजारले रोजगारी पाएका छन् । १६.२ खाद्य असुरक्षित जनसंख्या भएको यो जिल्लाको कुल जनसंख्याको ३०.९ प्रतिशत बाहुन, १५.५ प्रतिशत क्षेत्री,२१.५ प्रतिशत मगर,९ प्रतिशत गुरुङसहित अन्य जातजाति रहेका छन् । ५० हजार ४७६ वैदेशिक रोजगारीमा रहँदा निजामति सेवामा रहेकाहरु अधिकांश बाहुन र क्षेत्री परिवारका सदस्यको रोजाई निजामति बन्ने गरेको छ । त्यसैले पनि स्याङ्जालीहरुको निजामतिमा ‘होल्ड’ छ ।
जागिर खान पढ्नुपर्छ । पढाईको कुरा गर्ने हो भने स्याङ्जामा माध्यमिक तह उत्तीर्ण हुने दर ९६.२ हो र यो गण्डकीको अन्य जिल्लाजस्तै हो । खासमा निजामति सेवामा प्रवेश गर्न लोकसेवाको परीक्षा उत्र्तीण हुनैपर्छ अन्तर्वार्तामा आफ्नो मान्छेलाई सहानभूति रहे पनि लोकसेवा उत्तीर्ण गर्नु सजिलो कुरो हैन । भनिन्छ,‘स्याङ्जालीलाई लोकसेवा दिनु भनेको दालभात खाएजस्तै हो ।’ स्याङ्जामै जन्मेका र नेपाल बैंक लिमिटेडेको वरिष्ठ प्रबन्धकबाट सेवा निवृत्त भएका कृष्णप्रसाद पौडेलका अनुसार स्याङ्जालीहरु आफ्नो कडा मिहिनेतले नै लोकसेवामा उत्तीर्ण हुने गरेका हुन् ।
‘स्याङजालीहरु अध्ययनशील, मेहनत गरेर पढ्ने, फस्र्टक्लास, विशिष्टमा पनि स्याङ्जाली हुने, उनीहरुले पुसअप गराउने हुनाले पनि यसो भएको हो’, उनले भने,‘ कुनैबेला पोखराको लोकसेवामा २९ जना गाविस सचिव खोलेको, २८ जना स्याङ्जाको १ जना मात्रै लमजुङको नाम निकालेका थिए, यसैबाट पनि स्याङ्जालीको क्षमता देखिन्छ । उनका अनुसार स्याङ्जाका धेरैजसो गाउँमा सरकारी जागिरे छन् । उनीहरु दशैं र चाडबाडमा घर आउँछन् । जागिरले दिएको सफलताबारे सुनाउँछन् । त्यसले युवापुस्तालाई सरकारी जागिरप्रति आकर्षण गराउँछ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पनि स्याङ्जाली नै हावी भएको उनले सुनाए ।
‘जसरी गुरुङको छोराछोरी थाहा पाउने बेलादेखि नै लाहुरे हुने भनेर एक्सरसाइज गर्ने, लाहुेरके संगत गर्ने, भेट्ने गर्छन् त्यसरी नै स्याङ्जालीले लोकसेवालाई प्राथमिकता दिएर पढ्छन्’, उनले भने,‘ उनका अनुसार स्याङ्जाकै सिडियो धेरैजसो स्याङ्जाकै हुन्छन् । स्याङ्जापछि पर्वत र तनहुँ पनि कर्मचारी धेरै भएको जिल्ला पर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->