पोखरा, १२ भदौ– कोरोना संक्रमणबाट पोखरामा थप एकजनाको मृत्यु भएको छ । पोखरा–१६ का ५२ वर्षीय पुरुषको शुक्रबार उपचारको क्रममा निधन भएको हो । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार स्वासप्रस्वासमा समस्या देखिएपछि उनी शुक्रबार नै अस्पताल गएका थिए । उनको आइसोलेसनमा लैजानलाग्दा अस्पतालको गेटमै मृत्यु भएको हो । उनी मधुमेहका बिरामी थिए । योसँगै पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । गण्डकीमा हालसम्म कोरोनाबाट १० जनाको मृत्यु भइसकेको छ ।





