शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पत्रकार गुरुङलाई धम्की दिनेलाई कारवाही गर्न संगठनको माग

पत्रकार गुरुङलाई धम्की दिनेलाई कारवाही गर्न संगठनको माग


  • हिमलाल पराजुली
  • भाद्र १२ २०७७, शुक्रबार

स्याङ्जा, १२ भदौ – समाचार लेखेको विषयलाई लिएर पत्रकार मोहन गुरुङलाई ज्यान मार्ने धम्की आएकोप्रति प्रेस संगठन स्याङ्जाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
समाचार लेखेकै आधारमा सञ्चारकर्मीलाई ज्यान मार्नेसम्मको धम्की आएपछि प्रेस संगठन स्याङ्जाले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पुगेर प्रेस विज्ञप्ति बुझाउदै दोषीलाई कारबाहीको माग गरेको हो ।
केही दिन पहिले वालिङमा भएको कुटपिट घटनाको समाचारको विषयलाई लिएर चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरीकी छोरी साहित्य गिरीले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत पत्रकार गुरुङलाई ‘पार्टी फरक हुँदैमा ज्यानको माया छैन श्रीमती र बालबच्चा पाल्नु पर्दैन, ज्यान प्यारो छ । हजुर ज्यान ।’ भन्दै लेखीएको शब्दप्रति प्रेस संगठन स्याङ्जाको गम्भीर ध्यानाकर्षण भएको संगठनका संयोजक मुक्ती प्रसाद न्यौपानेले बताए ।
यसैगरी, नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाका अध्यक्ष ओम प्रकाश शर्माले एक प्रेस विज्ञप्ती मार्फत सञ्चारकर्मीहरुलाई समाचार लेखेको भरमा केही दिनदेखि आएको धम्कीप्रति पत्रकार महासंघ स्याङ्जाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
अध्यक्ष शर्माद्वारा जारी गरिएको विज्ञप्तीमा नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति सदस्य मोहन गुरुङ र स्थानीय पत्रकार गोपी कृष्ण रेग्मी बिरुद्ध दिइएको धम्की प्रति पत्रकार महासंघ स्याङ्जाको गम्भी ध्यानाकर्षण भएको उल्लेख छ । अध्यक्ष शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा पत्रकारलाई निर्भयका साथ समाचार संकलन र प्रसारण गर्ने वातावरण मिलाउन माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सत्य तथ्य छानबिन गरि दोषी उपर कारबाहीको प्रकृया अगाडी बढाउने बताए । प्रहरी प्रमुख बोगटीले भने, ‘सञ्चारकर्मी माथि आएको चुनौतीप्रति हामी पनि संवेदनशील छौँ कुनै पनि आरजक घटनामा संलगनलाई उन्मुक्ति दिइने छैन ।’
यसैगरी प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले सञ्चारकर्मीको सुरक्षामा कुनै पनि कसुर बाँकी नराख्ने बताउदै ढुक्कभएर आफ्नो पेशामा लाग्न आग्रह गर्र्दै पत्रकारको सुरक्षामा कुनै कमी नहुने बताए ।
दृष्टि लाइभका सम्पादक समेत रहेका गुरुङले समाचार लेखेको भरमा आफुलाई आएको धम्कीले सिंगो पत्रकारिता क्षेत्र असुरक्षित रहेको बताउदै आफु कानुनी प्रकृयामा अगाडी बढेको बताए । कालीगण्डकी खबरका स्थानीय समाचारदाता गोपी कृष्ण रेग्मीलाई दिइएको धम्कीका विषयमा आपसी सहमतीमा दुवै पक्ष विच मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । रेग्मीले आफुलाई युवा संघका कार्यक्रताले धम्की दिएको भन्दै सुरक्षाको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->