शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईजनाको मृत्यु

स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईजनाको मृत्यु


  • हिमलाल पराजुली
  • भाद्र १४ २०७७, आइतबार

स्याङ्जा, १४ भदौ – आइतबार बिहान ४ बजे स्याङजामा चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   काठमाडौंबाट चापाकोट आउँदै गरेको एम्बुलेन्स वालिङ ५ माझकोटमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो ।  उपचारको क्रममा चापाकोट ९ का ३२ वर्षीय भानुभक्त गैह्रे र वडा नं १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको गह्रौ प्राथमिक अस्पताल वालिङले जनाएको छ ।  चापाकोट ९ का एम्बुलेन्स चालक ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोख्रेल घाइते भएका छन् । उनीहलाई गह्रौ प्राथमिक अस्पतालमा सामान्य उपचार पछी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । बा२झ ४०११ नम्बर एम्बुलेन्स आज बिहान ५ बजे सड्कदेखि अन्दाजी २ सय ५० मिटर तल खसेको थियो । घाईते मध्ये पवित्र पोख्रेल गभवती रहेको र काठमाण्डौंबाट घर आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->