बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कविता : कोरोनासँगको लडाइँ

कविता : कोरोनासँगको लडाइँ


  • मुक्तिनाथ घिमिरे
  • भाद्र १४ २०७७, आइतबार

कोरोना किन फैलियो दिनदिनै संसार ढाक्ने गरी
भन्छन् औषधि छैन विज्ञजनले बाँचिन्छ खै के गरी
त्राहि त्राहि भयो अशक्त दुनियाँ गोहार माग्ने कता ?
आफैँआफ मनुष्यमा डर भयो भन्छन् नआऊ यता ।
।।१।।
मुक्का हान्न मिलेन शत्रु तँ भनी गोली न हान्नै मिल्यो
पक्का शत्रु भनी चिनिन्छ सबले मान्छे त धेरै निल्यो
पाता कस्न मिलेन चौपट गरिस् पापी तँ दम्भी भनी
आँखाले न त देख्न मिल्छ कहिल्यै देखिन्न बस्ती पनि ।
।।२।।
मान्छे आपसमा जुधे बल गरी साँढे जुधेझैँगरी
सत्ताका वसमा परी घुमिरहे कौडा घुमेझै गरी
मान्छे मेल गरेर बस्नु परने निस्शुल्क अर्ती सिकौँ
कोरोनासँगको लडाइँ जितने सद्बुद्धि ऐले सिकौँ ।
।।३।।
टालो नाक र मुखमा हुनुपर्यो फित्ता भएको तर
ठूलो भीड हुँदा त्यसो त नभए पर्दैन बस्दा घर
फैल्यो रोग तनाव विश्वभरमा कल्पान्त जस्तै गरी
जित्नै पर्छ लडाइँ रोगसँगको आफैँ बनी संयमी ।
।।४।।
लाई साबुन हातमा बल गरी मिच्दै पखाल्दै गरौँ
छिँक्का,ख्वाक्क हुँदा रुमाल मुखमा राखेर छेक्ने गरौँ
ठूलो भीड जहाँ छ जान नहुँदा तर्केर हिँड्ने गरौँ
बस्दा वा उभिदा सवा मिटरको दूरी सकार्ने गरौँ ।
।।५।।
खोकी लाग्दछ ख्वाक्क ख्वाक्क पटकौँ गाह्रो असाध्यै हुने
फेर्दा सास निकै हुने असजिलो बेफुर्तिलो ज्यू हुने
नाघ्यो चार भने त एक सयमा तातो बढ्यो लौ जरो
कोरोना कि त सल्कियो अब भनी तत्काल जाँच्नै पर्यो ।
।।६।।
जो जो छौँ घरमा सबै घर बसौँ निस्की नजाऊँ कतै
डेरामा जति छौँ विपत्तिभरमा बस्दै गरौँ है त्यतै
जूठो चीज हुँदैन खान अरुको सम्पर्क टाढा गरौँ
यै हो औषधि इष्टमित्र सबमा वन्दे नमस्ते गरौँ

-लमजुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->