शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बुढो पीपल, जो रुँगी रहेछ बुढो इतिहासलाई

बुढो पीपल, जो रुँगी रहेछ बुढो इतिहासलाई

ओझेलमा नेपाल एकीकरणको केन्द्र गोरखा दरवार


  • श्याम रानामगर
  • भाद्र १५ २०७७, सोमबार

भिरालो गोरखा सदरमुकाको सिरानतिर ‘गोरखा दरबार संग्रहालय’को बोर्ड झुन्डिएको छ । करिब ६० रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालय नेपाल एकीकरणको ज्युँदो इतिहास भन्छ, कथा सुनाउँछ अनि शाहकालीन सामरिक र आर्थिक समृद्धिको बखान गर्छ । दरबारको गेटमै तोप ठड्याइएको छ । हेर्दा लाग्छ, ‘गोरखाली सेना अहिले पनि त्यो तोपको पछाडि वीरता प्रदर्शन गर्न तम्तयार छन् ।’ तल पृथ्वीनारायण शाहको सालिक छ । पृथ्वीनारायण उसैगरी औँला ठड्याइरहेका छन् । परिसरका ठुल्ठूला पिपलका रूखहरू, जो वर्षौं पुराना छन् र फेद मक्किने अवस्थामा पुगेका छन् । तर पनि रुँगिरहेका छन्, दरबारलाई, हेरिरहेका छन्, त्यहाँको गतिविधि र भनिरहेछन्, ज्युँदो इतिहासका ती कथाहरू !
हो, गोरखा । जहाँबाट एकीकरण सुरु भयो । तत्कालीन राजा पृथ्वीनारायण शाहले यही ठाउँबाट नेपाल एकीकरण सुरु गरेका थिए । बाइसे, चौबिसे राज्यमा विभाजित नेपाललाई एउटै मालामा उन्ने काम गरेका थिए । गोरखा दरबार संग्रहालयदेखि करिब १०, १२ किलोमिटर माथितिर गोरखा दरबार छ । २०७२ को प्रलयकारी भूकम्पले केही भाग भत्कायो । भूकम्पले तहसनहस पारेको यो दरबार अझैसम्म निर्माण हुन सकेको छैन । दरबारको पहिलो तला हाल्ने काम मात्रै सकिएको छ ।
तत्कालीन राजा राम शाहले वि.सं. १६६८ मा बनाएका थिए यो दरबार । भूकम्पले भत्काएको यो दरबारमा अहिले भग्नावशेषबाहेक अरू केही देख्न सकिन्न । पुनःनिर्माणको लागि ०७४ मा ठेक्का सम्झौता भएको दरबारको निर्माण सकिने अन्तिम म्याद ०७६ मंसिर मसान्तलाई तोकियो, तर पूरा काम भने हुन सकेको छैन ।
…….
ओझेलमा नेपाल एकीकरणको केन्द्र गोरखा दरवार
नेपाल एकीकरणको थालनी पृथ्वीनारायण शाहले गरे । उनको यो अभियानमा पछिको पुस्ताले पूरा ग¥यो । अनि, बाइसे, चौबीसे राज्यमा विभाजित नेपाल एउटै भयो ।
गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरण थाल्नुअघि नेपाल एउटै थियो । बाइसे, चौबिसे राज्यमा विभाजित थिएन । पृथ्वीनारायण शाहले त राज्यको पुनः एकीकण मात्र गरेका हुन् ।
‘लिच्छवीकालमा पनि यत्रैयत्रै थियो रे ! हाम्रो नेपाल भन्ने भनाइ छ,’ नेपाल एकीकरणबारे उनले पौराणिक कथन सुनाए– ‘मध्यकालमा १६÷१७औँ शताब्दीतिर टुक्रिएर गण्डकीतिर २४ र कर्णालीतिर बाइसे राज्य थियो भन्ने भनाइ छ ।’
नेपालमा शाहवंशीय पहिलो राजा द्रव्य शाह मानिन्छन् । द्रव्य शाहले लिगलिग कोटको दौड जितेपछि राजा भएको इतिहास पाइन्छ । वि.सं. १६१६ मा द्रव्य शाहले स्वतन्त्र राज्य स्थापना गरिसकेपछि उनका अरू राजाहरूले त्यो राज्यलाई ठूलो बनाउने प्रयासहरू गरेका थिए । त्यसलाई मूर्तरूप पृथ्वीनारायण शाहले दिएका हुन् ।
शाह राजाहरूको उद्गमथलो गोरखा हो । शाह राजाहरूको पुख्र्यौली थलो गोरखा भएकै कारण एकीकरणको बीजारोपण भएको, कूटनीतिक किस्साहरू दरबारसँगै आएर जोडिन्छन् । पुख्र्यौली थलो गोरखा भएपछि सबै कुरा त्यसैमा आएर जोडिनेमा त कुनै दुईमत नै रहेन ।
भुसालका अनुसार माथिल्लो दरबार गोरखाको मूल दरबार हो भने दरबारसँग सम्बन्धित ऐतिहासिक महत्वका वस्तुहरू तल्लो दरबारमा राखिएको छ । जसलाई गोरखा दरबार संग्रहालय भनिन्छ । शाह राजाहरूले माथिल्लो दरबारबाटै आफ्ना कामकारबाही गर्ने हुनाले पनि माथिको दरबार मूल दरबार हो । तत्कालीन राजा पृथ्वीनारायण शाह पनि माथिल्लो दरबारमा जन्मिएका थिए ।
भनिन्छ, पृथ्वीनारायण शाहका बाबु नरभूपाल शाहले नुवाकोटमाथि आक्रमण गर्दा हार व्यहोरेका कारण उनको पहिलो ध्यान नुवाकोटमाथि थियो । गोेरखाली राजाहरूले तेस्रो प्रयासमा नुवाकोट आफ्नो पक्षमा लिन सफल भएका थिए । नुवाकोट जित्नुअघि १६१६ पछि १८०१ सम्म पनि राजधानी भने गोरखा नै थियो । नुवाकोटमाथि विजय प्राप्त गरिसकेपछि दरबार क्रमशः नुवाकोटतिरै स¥यो । नुवाकोटपछि हनुमान ढोकातिर आयो ।
एकीकरणसँगै राजधानी पनि क्रमशः सर्दै आएपछि गोरखा दरबार अरू भाइभारदार मात्रै बस्ने ठाउँ भएको दरबार हेरचाह अड्डाका प्रमुख भुसालले बताए । ‘केन्द्रबिन्दुका रूपमा रहेको ठाउँ बिस्तारै सर्दै आयो । क्रमशः ओझेलमा पर्दै आएको कारण त्यो हो,’ उनले भने ।
सरकारी तबरबाट ऐतिहासिक महत्व रहेको दरबारको जगेर्ना, प्रवद्र्धन गर्नका लागि हेरचाह किल्ला छुट्याएर स्मारक संरक्षण ऐनअन्तर्गत समावेश गरी त्यहाँका मनुमेन्टहरू कन्जर्भेसन गर्ने कामहरू भएको उनले सुनाए । ‘स्मारकहरू संरक्षण गर्ने गरेर त्यहाँ एउटा कार्यालय स्थापना भएको छ,’ उनले भने । भूकम्पले क्षति पु¥याएका संरचनाको पुनर्निर्माणको काम पनि अहिले चलिरहेको छ । शाह राजाहरूले कालिका र गोरखनाथमा गर्ने पूजा–आजा, सांस्कृतिक गतिविधिहरू अहिले पनि चलिरहेका छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->