बागलुङ, १७ भदौ– समुदाय स्तरमा कोरोना संक्रमण पुष्टी भएपछि गत भदौ २ गते देखि लगाइएको निशेधाज्ञा खुकुलो भएको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २७ गते सम्मका लागि तोकिएका आदेश सहितको आंशिक निशेधाज्ञा जारी राख्न जिल्ला सुरक्षा समितिलाइ सिफारिस गरेको हो ।
प्रजिअ सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले २७ गते सम्मका लागि निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न भनिएको छ । त्यस्तै सार्वजनिक यातायातलाई भने पूर्ण रुपमा ठप्पै पार्ने निर्णय गरेको हो ।
भोज भतेर गर्न मनाही गर्ने, सार्वजनिक स्थानमा भेला हुन, मठमन्दिर, तालिम केन्द्र, जिमहल लगायतका खेल खेल्ने स्थल पनि संचालन नगर्न आदेश दिइएको हो । बिद्यालय तथा क्याम्पस पनि खुल्न नपाउने व्यवस्था गरिएको छ । बैंक लगायत बित्तीय संस्थाहरुमा भीड नहुने गरी व्यवस्थापन गर्ने, घरबाहिर डुल्न, भौतिक दुरी कायम गर्न र साबुनपानीले नियमित हात धुने व्यवस्थाका लागि पनि आदेश दिइएको हो ।
यी हुन मान्नुपर्ने शर्त…






